सतलोक आश्रम धनुषामा ६२८औँ कबीर प्रकट दिवसको भव्य सुरुवात, हजारौँ श्रद्धालुको सहभागिता


जेठ २८, २०८२, बुधबार | राति ०९:२० बजे | 140


सतलोक आश्रम धनुषामा ६२८औँ कबीर प्रकट दिवसको भव्य सुरुवात, हजारौँ श्रद्धालुको सहभागिता

ज्येष्ठ २६, धनुषा । मधेस प्रदेश स्थित सतलोक आश्रम धनुषामा परमेश्वर कबीर साहेबको ६२८औँ प्रकट दिवसको अवसरमा आयोजना गरिएको तीन दिवसीय आध्यात्मिक महोत्सवको आज पहिलो दिन हो । कार्यक्रमको सुरुवात बिहान ९:१५ बजे गरीबदास जी महाराजद्वारा रचित "अमर ग्रन्थ साहिब" को अखण्ड पाठबाट भएको थियो ।

सन्त रामपाल जी महाराजको मार्गदर्शनमा आयोजित यस कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनहरू सहभागी भएका छन् । आश्रममा विशाल भण्डारा सञ्चालनमा छ, जहाँ शुद्ध घ्यूबाट बनेका स्वादिला परिकारहरू निःशुल्क रूपमा सबैलाई वितरण भइरहेको छ । श्रद्धालुहरूले भोजनको साथसाथै व्यवस्थापन र सरसफाइको पनि खुलेर प्रशंसा गरेका छन् ।

कबीर साहेबको जीवन र शिक्षालाई समेट्ने आध्यात्मिक प्रदर्शनी तथा आदरणीय सन्त गरीबदास जी महाराजको अमर वाणीहरुको अखण्ड पाठ गरिने "दरबार साहिब” नामक मुख्य मञ्च आश्रमको प्रमुख आकर्षणकाे केन्द्र बनेका छ । खाने, बस्ने, पिउने पानी तथा शौचालयको राम्रो व्यवस्थाले श्रद्धालुहरूलाई सहज वातावरण प्रदान गरेको छ ।

भोलि ज्येष्ठ २७ गते दाइजोमुक्त विवाह र रक्तदान शिविरकाे आयोजना हुनेछ भने जेठ २८ मा कबीर प्रकट दिवसको मुख्य कार्यक्रम भव्य रूपमा सम्पन्न हुनेछ 

Comments