तीन वर्षमा केके प्रगति भए मध्यपुर थिमि नगरपालिकामा ? 


जेठ २८, २०८२, बुधबार | दिउँसो १२:२९ बजे | 490


तीन वर्षमा केके प्रगति भए मध्यपुर थिमि नगरपालिकामा ? 

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा जनप्रतिनिधिहरुको तीन वर्षको कार्यकालमा भएका प्रगतिहरुबारे जानकारी गराइएको छ । मध्यपुर सञ्चार समाजले बुधबार मेयरसँंग गरेको पत्रकारहरुको साक्षात्कारमा मेयर सुरेन्द्र श्रेष्ठले १५ पृष्ठ लामो लिखित प्रतिवदेश पेश गरे । विभिन्न शीर्षकहरुमा विभाजन गरी उनले उक्त प्रगति प्रतिवेदन पढेर सुनाएका थिए । 
पत्रकारहरुसँंगको प्रश्नमा मेयर श्रेष्ठले नगरपालिकाले विभिन्न कार्यहरु गर्दै आएको जनाए । श्रेष्ठले नगरको ऐतिहासिकस्थल निलबाराहीको संरक्षणका लागि जनसहभागितामा भनेर केही अभियन्ताहरु लगेकोमा असन्तुष्टी पनि जनाए । अभियन्ताले काम गर्ने क्रममा नगरपालिकाले केही पनि नगरेको, त्यसकारण २०८४ सालको निर्वाचनमा हेरौला भन्दै सामाजिक सञ्जालमा भएको पोष्टहरुप्रति विमति जनाए । 
ती अभियन्ताहरुले मिसन ८४ मा हेरौला भनी दिएको चेतावनी मेयर श्रेष्ठले सहर्ष स्वीकार गरे । उनले भने, नेपालको संविधानले जोसुकै नेपालीलाई चुनाव लड्ने अधिकार दिएका छ, २०८४ मा हेरौला भए हामी पनि हेरौंला । 
मेयर श्रेष्ठले निलबाराहीको संरक्षणमा नगरपालिका पनि लागिरहेको जानकारी गराए । तर पनि केही अभियन्ताहरुले नगरपालिकालाई कुनै जानकारी नै नदिई, स्वीकृति नै नलिई आफूखुशी जनश्रमदान, चन्दा संकलन भन्दै गरिरहेको कार्यप्रति असन्तुष्टी जनाए । 
निलबाराही मध्यपुर थिमि नगरपालिका वडा नं ९ मा पर्ने ऐतिहासिक स्थल हो । यो काठमाडौं उपत्यकामा रहेका चार बाराहीमध्ये एक मुख्य बाराही हो । ऐतिहासिक यो स्थल पहिरोको जोखिममा छ । यही कारण यो वर्खामा पनि पहिरोबाट जोगाउन भन्दै केही अभियन्ताहरुको नेतृत्वमा यो जोगाउने कामहरु अहिले जनस्तरबाट भइरहेका छन् । 
कार्यक्रममा उपमेयर विजयकृष्ण श्रेष्ठ, नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुले प्रत्रकारहरुको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रम मध्यपुर सञ्चार समाजका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ (गोपाल) को सभापतित्वमा भएको थियो । 
 

Comments