रहेनन् मध्यपुरका अभिभावक कृष्णलाल गोजा श्रेष्ठ


जेठ २६, २०८२, सोमबार | विहान ११:१७ बजे | 1640


रहेनन् मध्यपुरका अभिभावक कृष्णलाल गोजा श्रेष्ठ

मध्यपुर । मध्यपुर थिमिका अभिभावक तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको सोमबार विहान असामयिक निधन भएको छ । अहिले उनको अन्तिम संस्कारका लागि थिमि क्वाछेँमा लगिने तयारी भइरहेको छ ।
उनको विहान आफनै निवासमा निधन भएको हो । उनी मध्यपुर थिमि नगरपालिका वडा नं ४ तछुतो निवासी हुन् । उनका दुई छोरा र दुई छोरी छन् । श्रीमतीको भने यसअघि नै निधन भइसकेको छ ।  

Comments