गठाघरबाट खाजा पसलेसहित चार जना पक्राउ
जेठ २५, २०८२, आइतबार | राति ०७:०२ बजे | 670
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नंं.३ गठ्ठाघरस्थित खाजा पसल सञ्चालक कुमारी तामाङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध वेचविखन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ मानिसहरुमा धादिङ रुबी भ्याली गाउपालिका वडा नं.४ घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं.३ गठ्ठाघरमा खाजा पसल संचालन गर्ने बर्ष ४१ कि कुमारी तामाङसहित मोरङ जिल्ला बिराटनगर महागरपालिका वडा नं.७ घर भई हाल मध्यपुर थिमिकै निकोसेरा बस्ने बर्ष ३२ को क्रिशल घिमिरे, काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउपालिका वडा नं.६ घर भई हाल भक्तपुर दधिकोट बस्ने बर्ष २५ को प्रविन उप्रेती र सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नं.१० कर्था घर भई हाल मध्यपुर थिमिकै सानोठिमी मातृभूमि स्कुल नजिक बस्ने बर्ष २२ को बिष्णु बानियाँ रहेका छन् ।
प्रहरीका अनुसार सुरुमा मध्यपुर थिमि नगरपालिका वडा नं ९ राधेराधेमा शंका लागेपछि क्रिशल घिमिरेको शरिर खानतलासी गरेको थियो । खानतलासीपछि लागुऔषध पोल्याण्ड गाँजा जस्तो देखिने पदार्थ तौल गर्दा ७ ग्राम ६५० मिलिग्राम लागूऔषध फेला पारी प्रारम्भिक सोधपुछ भएको थियो । त्यस क्रममा उक्त लागुऔषध भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं.३ गठ्ठाघरस्थित कुमारी तामाङको खाजा पसलबाट खरिद गर्ने गरेको भनी खुल्न आएको थियो । त्यसैका आधारमा पसलबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई लागुऔषध, नगद नेपाली नगद रु.५२ हजार ४७०, मोबाइल थान ४ तथा जिन्सी सामान सहित प्रहरी वृत ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत भक्तपुरबाट लागुऔषध सम्बन्धित कसुरमा दिन–६ म्याद थप भई अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत ढुण्डीराज नेउपानेल जनाए ।