सत्संग एवं ध्यान कार्यक्रम सम्पन्न
जेठ २५, २०८२, आइतबार | विहान ०९:१५ बजे | 300
शनिबार दिनको ३ देखि ५ बजेसम्म श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनद्वारा आयोजित सत्संग एवं ध्यान कार्यक्रम सम्पन्न भएको छ l
एक विश्व एक आध्यात्मिक परिवार बनौँ। स्वास्थ्य, खुसी, आनन्द ,प्रेम अनि ज्ञानपूर्ण जीवन जिउ भन्ने पवित्र भाव बोकेको संस्थाले पहिलोपटक सत्संग एवं ध्यानको कार्यक्रम आयोजना गरेको थियो।
दुई घण्टा अनौपचारिक रूपबाट सुरु भएको
उक्त कार्यक्रममा काठमाडौँ ,भक्तपुर लगायत पाटनका विभिन्न क्षेत्रका व्यक्तिहरू समावेश भएको थियो।
उक्त कार्यक्रममा विभिन्न योग ध्यान केन्द्रका साधक साधिकाहरू लाई आमन्त्रण गरेर कार्यक्रम गरेको कुरा कार्यक्रमका स्रोत व्यक्ति संस्थाका संस्थागत अध्यक्ष चन्द्रहरी कायस्थले जानकारी दिनुभयो l उक्त कार्यक्रममा बालकोट,सिरुटार, डढीकोट ,कटुन्जे ,सूर्य विनायक भक्तपुरको विशेषत पतञ्जली , जीवन विज्ञान,पातञ्जल योग केन्द्र लगायत उपत्यकाका रक्त अभियान्ताहरूलाई आमन्त्रण गरिएको थियो l
सामूहिक परिचयात्मक रूपमा सुरु भएको उक्त कार्यक्रममा चन्द्र हरी कायस्थले ध्यानका बारेमा यो शब्दबाट बुझाउन नसकिने यो अनुभवको कुरा हो भन्दै नेपाली, नेवारी ,हिन्दी, अङ्ग्रेजी लगायत संस्कृतका श्लोकहरूबाट प्रस्ट्याउँदै भाषालाई मात्र इशाराको रुपमा लिन आग्रह गर्नुभयो l साथै सत्य यो जुठो मुखले बोलेर प्रस्ट्याउन खोज्दा झुठो हुने कुरा पनि प्रष्ट पार्दै , गर्ने र नगर्ने दुईवटा ध्यान विधि को स्वा-नुभव गराउँदै अनुभव साटासाट गर्ने काम सँगै अन्तर्राष्ट्रिय रक्त अभियन्ता अनिल रत्न तुलादर , डा. सुमन मानन्धर साथै प्रेम कुमार लामा ले आफ्नो धारणा प्रस्तुत गर्दै अब नेपालमा कुनै पनि व्यक्तिहरू रगतको अभावको कारणले मृत्युवरण गर्न नपर्नको लागि हामीसँगै मिलेर काम गर्नुपर्छ भन्ने धारणा पनि व्यक्त गर्नुभयो l अन्तमा योग साधक एवं विभिन्न समाजिक कार्यमा लाग्नुभएका व्यक्तित्वहरू सञ्जय श्रेष्ठ , केशवराज गजुरेल, महेश्वर मान श्रेष्ठलगायत अन्य व्यक्तिहरूले स्वयं लगायत अरुलाई जगाउने कार्यमा आफू निरन्तर लागिपर्ने र फाउन्डेसन सँगै मिलेर विभिन्न आध्यात्मिक जागरणको कार्यमा पाँचवटा भ्रमहरु खानामा शक्ति ,औषधिमा स्वास्थ्य, धनसम्पत्तिमा सुख ,शास्त्रमा ज्ञान र व्यक्तिमा प्रेम छैन भन्ने कुरामा आफूहरू प्रेरित भएको र सधैं साथ सहयोग गर्न प्रतिबद्धताका साथ कार्यक्रम भव्य र सभ्य भएको
अनुभवसँगै उल्लासमय वातावरणमा सम्पन्न भयो
