शंखधर प्रतिष्ठानको १५ औं साधारण
माघ १, २०७७, बिहीबार | विहान ०२:५१ बजे | 25
मध्यपुर थिमि । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न भएको छ ।
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले पानसमा दीपप्रज्ज्वलन गरी उदघाटन गर्नु भएको थियो । नगरप्रमुखले प्रतिष्ठानलाई संस्थागत विकास गर्न विभिन्न योजनाहरु बनाई अघि बढ्न सुझाव दिनुभयो । प्रतिष्ठानलाई सहयोग र हातेमालो गर्न नगरपालिका सधैं तयार गरेको बताउनुभयो । उहा“ले प्रतिष्ठानलाई मध्यपुरमा मात्र नभई राष्ट्रिय अन्तर्राष्ट्रिय आकार लिनको लागि पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा गरिबी निवारण कोषका उपाध्यक्ष्ँ निर्मलकुमार भट्टराई, बागमती प्रदेश सांसद जोन्छेलगायत वक्ताहरुले मन्तव्य दिनुभएको थियो ।