ललितपुर– ५ का वडाअध्यक्ष विकासमानको कार्यशैलीप्रति मेयरको प्रशंसा
जेठ २४, २०८२, शनिबार | राति ०८:२४ बजे | 215
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कुमारीपाटी, जावलाखेल, लगनखेल क्षेत्र पर्ने वडा नं ५ ले विकासको लयलाई द¥होका साथ पक्रिएको बताउनुभएको छ । ललितपुर महानगरपालिका– ५ वडाले शनिबार आयोजना गरेको वडा भेला र वडा दर्पण स्मारिका विमोचन कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। ‘ १ देखि २९ वडामध्ये कुन वडा राम्रो छ भनेर अहिलेसम्म सर्वेक्षण गरिएको छैन।सर्वेक्षण गर्ने हो भने स्मार्ट कार्यमा वडा नं ५ अब्बल रहने विश्वास व्यक्त गर्दछु ।’ मेयर महर्जनले भन्नुभयो। मेयर महर्जनले वडाले गरेको हरेक विषयलाई वृत्तचित्रमार्फत प्रस्तुत गर्ने वडाअध्यक्षको कार्यशैलीको प्रशंसा गर्नुभयो। वडाअध्यक्ष विकासमान श्रेष्ठले ललितपुरको शैक्षिक ‘हब’ तथा सरकारी कार्यालयको केन्द्रका रुपमा रहेको ललितपुर महानगरपालिका– ५ ले भौतिक पूर्वाधारसंगै सामाजिक तथा मानवीय केन्द्रविन्दुमा राखेर योजना तथा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले वडाको वस्तुस्थितिलाई आत्मसात गर्दै संस्कृति, सम्पदा संरक्षणदेखि अहिलेको आवश्यकता अनुरुप भौतिक तथा सामाजिक विकासलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो। महालक्ष्मी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाका सल्लाहकार पुरुषोत्तम ढुंगानाले ललितपुरका १ देखि २९ वडामध्ये एउटा अब्बल वडाका रुपमा विकास गर्ने लक्ष्यले वडा समितिले काम गर्दै आएको बताउनुभयो । सभामा वडाका महिला सदस्य शोभादेवीप्रधान श्रेष्ठले वडाको भवन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउनको लागि महानगरपालिकाका मेयर महर्जनको ध्यानाकर्षण गराउनुभयो।त्यसैगरी वडा सदस्य पुनम निरौलाले बालबालिका, किशोरकिशोरी, महिला, एकल महिला र जेष्ठ नागरिक गरी सबैखालका वडाबासीलाई लक्षित गरी कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। अर्का वडा सदस्य मञ्जु रिजालले तीन जना महिला सदस्य रहेको सो वडाले महिला विकासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यस दिशामा भए गरेका कामबारे केन्द्रीत गर्दे आफ्नो धारणा राख्नुभयो।वडा सदस्य अशोक श्रेष्ठले विकासको विकास व्यक्ति एक्लैले गर्ने नभई सबैको सहभागिता र सक्रियताले गर्ने विचार व्यक्त गर्नुभयो। सो सभामा वडाले चालू आर्थिक वर्षमा गरेका गतिविधिलाई समेटिएको वडा दर्पण नामक स्मारिकाको लोकार्पण गरिएको थियो।त्यसैगरी वडामा भए, गरेका गतिविधिलाई केन्द्रीत गरी तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो। सोही अवसरमा वडाको विकास निर्माणमा सहयोग पु¥याउने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई कदरपत्र प्रदान गरिएको थियो। भेलामा वडाभित्रका विभिन्न महिला समूह, टोल विकास संस्थाका अध्यक्षसहित प्रतिनिधि, संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी, सञ्चारकमी गरी ३ सय ५० जनाको उपस्थिति रहेको थियो।थसिखेल महिला समूहद्वारा स्वागत गीत गाएर सहभागीहरुलाई स्वागत गरिएको थियो। वडालाई पलाष्टिक मुक्त वडा घोषणा गर्ने उद्घोषका साथ निकालिएको कपडाको झोला वितरण गरिएको थियो।
