भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले “देश र जनताको विरोधमा दुईतिहाइ बहुमत प्राप्त सरकार लागिपरेकाले नेकपाको दुईतिहाइ बहुमत व्यर्थ भएको बताउनुभयो । उक्त विचारभक्तपुर नगरपालिका वडा७ स्थित झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभामा व्यक्त गर्नुभएको हो ।
साधारण सभालाई सम्बोधन गर्ने क्रममा उहाँले नेकपाको फुट देश र जनताको सेवा गर्नको लागि नभई आ आफ्नै समूहको पैसा र पदको प्रलोभनका लागि मात्रै भएको बताउँदै देशका ठूला दलहरु सिद्धान्तच्यूत भईदिदा देश र जनताले दुख पाईरहेको यो परिस्थितिमाथप सचेत र सजग हुनपर्ने कुरामा जोड दिनुभयो ।  
सहकारीले आदर्श,सभ्य र समुन्नत समाज विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । नयाँपुस्तालाई मजदुर र  किसानहरुको विगतका सामाजिक,आर्थिक र राजनैतिक अवस्थाकोअवगत गराई त्यसको मूल्याङ्कन गरेर  सचेत गराउँनुपर्ने,सहकारीलाई सामाजिक उत्थानमा टेवा पुग्ने गरी उपयोग गर्नुपर्ने रसहकारी संस्थाहरु समाज परिवर्तनका संवाहक बन्नुपर्ने कुरामा जोड दिदैं आर्थिक क्षेत्रलाई मात्रै जोड नदिई सामाजिक र राजनैतिक सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव समेत दिनुभयो ।
सभाका अर्का अतिथि नेमकिपाका केन्द्रिय सदस्य एव भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांलेसहकारीसंस्थाहरु समुदायका मानिसहरुको एकताको प्रतीकको रुपमा अगाडि बढ्नुपर्ने कुरा बताउँनुभयो । पद र पैसाको प्रलोभनमा परेर पार्टी परिवर्तन गर्ने विकृति स्थानीयस्तरसम्म पुगेको प्रति सवै सचेत हुनुपर्ने बताउँदैसहकारी समाजवादी व्यवस्था बमोजिम सञ्चालन गनुपर्ने कुरा औंल्याउदै नेकपाको सरकारले बोली र व्यवहारमा फरक फरक गरिरहेको कारणले देशमा यो राजनितिक परिस्थिति उत्पन्न भएको हो भन्नुभयो ।
देश यथास्थितिमा रहनुभन्दा नयाँ जनादेशकासाथ निर्वाचनमा गएको राम्रो हो । निर्वाचनलाई पैसा कमाउने उद्देश्यले उपयोग गर्न खोज्नु भनेको आफ्नो भविष्यमाथि आफैले बञ्चरोले हान्नु जस्तै हुने कुरा अतिथि कवांले बताउनुभयो ।
संस्थाका अध्यक्ष वलराम गोसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजू, संस्थाका मानार्थ सदस्यहरु लक्ष्मीभक्त कवां, विष्णुभक्त कवां, संस्थापक अध्यक्षश्रीकृष्ण किसी र निवर्तमान अध्यक्ष तुल्सिराम ग्वाछाले बोल्नुभएको थियो ।

संस्थाका सचिव हरिकृष्ण दनेगुलु, कोषाध्यक्ष भुवन गोसाई र लेखा सुपरिवेक्षण समितिका संयोजक रत्नवीर किसीले आ.व.२०७६।७७ को प्रतिवेदन पेश गर्नुभयो भने सञ्चालक सदस्यहरु नारायणप्रसाद कवां,केशव त्वानाबासु,प्रकाश गोसाई, लक्ष्मीसुन्दर सुवाल र नारायणप्रसाद मचामसीले पनि बोल्नुभयो ।

साधारण सभाको पहिलो चरणको कार्यक्रमका प्रमुख अतिथि गोसाईले संस्थाका विभिन्न गतिविधिमा सहभागी सदस्यहरुलाई प्रशंसापत्र वितरण समेत गर्नुभयो भनेसाधारण सभाको दोस्रो चरणको कार्यक्रममा संस्थाका सचिव, कोषाध्यक्ष र लेखा समितिका संयोजकबाट प्रस्तुत प्रतिवेदनहरु सर्वसम्मतिले पारित गरेको थियो ।
...

All Comments.......


Please Login/Register To Comments