जेन्जीले मानवभन्दा एआईलाई किन वढी रोज्छ ?


जेठ २४, २०८२, शनिबार | विहान ०९:२० बजे | 100


जेन्जीले मानवभन्दा एआईलाई किन वढी रोज्छ ?

रोजिना लामिछाने 
एआई (आर्टिफिसियल इन्टेलिजेन्स) जस्तै च्याटजीपीटीको प्रयोग व्यापक रूपमा फैलिएको छ । फोटो, भिडियो बनाउन, कुराकानी गर्न, पढ्न, विज्ञापन र अफिसका कामहरूका लागि एआई प्रयोग हुन्छ ।
च्याटजीपीटी जस्ता उपकरणहरूको बढ्दो प्रयोगको प्रमुख कारण जेन्जी पुस्ता हो । जेन्जी प्रविधिमा अभ्यस्त पुस्ता हो, जसले डिजिटल उपकरणहरूसँग सहज महसुस गर्छ । सबैको हातमा मोबाइल फोन र इन्टरनेट हुनाले सजिलै नजानेको कुराहरू खोज्न र साथीभाइलाई भन्न नसकेका कुराहरू भन्न सकिन्छ । साथै, फोनमा जसरी कुराकानी गर्न मिल्ने भएकाले जेन्जी पुस्ताले यस्ता उपकरणहरूलाई अँगालेका छन् । 
जुनसुकै समयमा पनि सजिलै सहयोग उपलब्ध हुन्छ यो । एआईसँग कुराकानी गर्दा गोपनीयता कायम रहन्छ र मान्छेले जस्तो हामीलाई जज गर्दैन । जेन्जी पुस्ताको व्यवहारसँग मिल्ने भएकाले यसको प्रयोग बढेको छ । सबै प्रविधिहरूको सही सदुपयोग गर्ने अवसर छ । जेन्जी पुस्ता नयाँ कुराहरूमा रुचि देखाउने भएकाले पनि यस्तो प्रविधिमा छिटो अगाडि बढ्छ । 
कक्षा ११ मा पढ्दै गरेको हरि थापा भन्छन्, “परीक्षा तयारीका लागि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न उत्तर पाइन्छ । आफूलाई चाहेको जति सोध्न मिल्छ । शिक्षक नभएको बेला पनि अधिक सिक्न सकिन्छ । त्यसैले म बढि मात्रामा इन्टरनेटको प्रयोग गर्दछु । कुनै ठाउँबाट पनि इन्टरनेटको सहायताले सजिलै प्रयोग गर्न सक्ने भएकाले धेरै भन्दा धेरै यहीँको प्रयोग गर्दछन् । जुन आजको समयमा मानिसहरू यहीसँंग अभ्यस्त हुने गर्दछन् ।
 

Comments