सत्संग एवं ध्यान शिविर कार्यक्रम सम्पन्न


जेठ २३, २०८२, शुक्रबार | दिउँसो १२:३२ बजे | 250


सत्संग एवं ध्यान शिविर कार्यक्रम सम्पन्न

विनता कला प्रतिष्ठानको आयोजनामा ५ बजेदेखि ७ बजेसम्म सत्संग एवं ध्यान शिविर कार्यक्रम सम्पन्न भयो। कार्यक्रम आयोजक  संस्थाका अध्यक्ष बद्री नारायण ताम्राकार को अध्यक्षतामा सम्पन्न भएको थियो।
श्रीहरि सेल्फ रियलाईजेसन फाउन्डेसनका संस्थापक अध्यक्ष चन्द्र हरी कायस्थले दिनुभएको प्रशिक्षण कार्यक्रममा ध्यानका विविध पक्षहरू बारे चर्चा गर्नु भएको थियो। एक विश्व एक आध्यात्मिक परिवारको भाव बोकेर अघि बढेको यस फाउन्डेसन ले विभिन्न स्थानहरूमा ध्यान शिविरहरु सञ्चालन गर्दै आईरहेको छ। कार्यक्रमलाई स्वागत गर्दै कृष्ण प्यारी सुवालले १८ वर्षअघि कायस्थसँग यो ध्यानविधि सिकेको बताउनुभयो।कार्यक्रममा अतिथिको रूपमा विकासदेव यञ्जन लामा ले पनि सम्पूर्ण व्यक्तिलाई परमात्माले क्षमता उति नै दिएको कति सदुपयोग र दुरुपयोग गर्यो भन्ने मात्रै कुरा हो ,ध्यान आफूले आफैलाई नै जान्ने माध्यम हो भन्ने धारणा प्रस्ट्याउनु भयो। चन्द्र हरी कायस्थले १२-१३ वर्षअघि यो 'सहज ध्यान 'विधि विकासदेव लामा योन्जनसँगै रेकर्डिङ गरेको र भावको लागि रातिको १०- ११ बजे रेकर्ड गरेर भावपूर्ण रुपमा बनाएको पनि व्यक्त गर्नुभयो र आधिकारिक रूपमा पहिलोपटक युट्युबमा हालेर  जनमानसमा सार्वजनिक रुपमा ध्यानविधि प्रयोग गरेको पनि बताउनुभयो l शिविरमा ध्यान पश्चात सहभागिहरु सँग अन्तर्क्रिया समेत गरिएको थियो। कार्यक्रम आयोजक  संस्थाका अध्यक्ष बद्री नारायण ताम्राकारले अबका दिनमा पनि फाउन्डेसनसँग मिलेर विविध कार्यक्रमहरू विभिन्न स्थानहरूमा आयोजना गर्ने र गर्नलाई सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद पश्चात सम्पन्न भएको थियो

Comments