विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभाले आ.व. ०७६÷०७७ को नाफाबाट २० प्रतिसत लाभांश वितरण गर्ने प्रस्तावपारित गरेको छ । वित्तिय संस्थाको पौष २९ गते विजयविकास स्रोत केन्द्र गैडाकोट, ८ मा सम्पन्न साधारण सभाले १९ प्रतिसतबोनस शेयर र कर प्रयोजनकालागि १ प्रतिसतनगदलाभांशवितरण गर्ने प्रस्तावपारित गर्दै संस्थाको कायमजारी तथाचुक्तापुँजीमा १९ प्रतिसतले बृद्धि गरी रु.२६६,५९७,४८५ पु¥याउने प्रस्तावपारित भएको छ । संस्थाकाअध्यक्षश्री कपिलन्यौपानेको अध्यक्षतामा सम्पन्नउक्त सभाले वित्तीय संस्थाको आ.ब. २०७६÷०७७ को संचालक समितिको प्रतिवेदन , २०७७ असाढ मसान्तको वासलाततथा सोहि मितिमा समाप्तआ.व. २०७६÷०७७ को नाफा नोक्सानहिसाब , सोहि अवधिको नगदप्रवाहविवरण लगायतवित्तीयविवरणहरु पारित गरिएको छ । उक्त साधारण सभाले आ.व. २०७७÷०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि साविककाआर एण्ड एसोसियट्सका सिए रबिन्द्र श्रेष्ठलाई पुनःनियुक्तगर्ने तथानिजको पारिश्रमिकतोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिमप्रबन्धपत्रतथानियमावलिको विभिन्नदफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त सभाले बित्तीय संस्थाको तर्फबाट अन्यकुनै वित्तीय संस्थाप्राप्तीगर्ने वा एक आपसमागाभ्ने गाभिने सम्बन्धिआवश्यक सहमति र समझौतागर्ने लगायतगाभ्ने,गाभिने वाप्राप्तीगर्ने सम्बन्धमाआवश्यककामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्तबार्षिक सधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुतबार्षिक प्रतिवेदनमाथि शेयर धनिहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष श्री कपिल न्यौपाने तथा प्रमुखकार्यकारी अधिकृत श्री बसन्त राज लम्सालले स्पष्ट पार्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाकानायवकार्यकारी अधिकृत÷कम्पनि सचिवश्री नारायण सापकोटाले गर्नु भएको थियो । कोभिड १९ को कारण हुनसक्ने संक्रमणको जोखिम र नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशनलाई समेत मध्यनजर गर्दै वार्षिक साधारण सभामा भौतिक रुपमा साथै भर्चुअल माध्यमबाट भागलिन सक्ने गरी व्यवस्था मिलाइएको थियो ।


...

All Comments.......


Please Login/Register To Comments