सञ्जीवले बोट हस्तान्तरण गरेपछि सिद्धिकाली क्षेत्रमा बृक्षारोपण
जेठ २२, २०८२, बिहीबार | दिउँसो १२:१४ बजे | 700
भक्तपुर । विश्व वातावरण दिवसको अवसर पारेर वातावरण संरक्षण मञ्च भक्तपुरले विहीबार बृक्षारोपण कार्यक्रम गरेको छ । सिद्धिकाली क्षेत्र संरक्षण तथा बिकास समिति र जिल्ला बन कार्यालय भक्तपुरको सहयोगमा सिद्धिकाली मन्दिर परिसरमा रहेको कुटुङ्ग डाँडामा बृक्षारोपण गरेको हो ।
मध्यपुर थिमि नगरपालिका वडा नं.५ का वडाध्यक्ष बालकृष्ण मन्द्यो श्रेष्ठृलृृृृृृृृृृृृृे बुद्धचित्त बोटको बृृृृृृृृृृृृृृृक्षारोपण गर्दै शुभारम्भ गरेको थियो । वडाृृृ अध्यक्ष बालकृष्णलाई काभ्रेको रोशी गाउँंपालिका ९ सल्लेनी दाउनेखोला निवासी सञ्जीव तामागले वोट हस्तान्तरण गरेपछि बृक्षारोपण सुरु भएको थियो । त्यस अवसरमा सञजीवले पनि बृक्षारोपन गरेका थिए ।
उक्त कार्यक्रममा रूद्राक्ष, निम, लप्सी, अम्बा, कपुर, पारिजात, धुपी, मसला, एभोकार्डाेलगायत करिव ५० वटा बोटबिरूवाको बृक्षारोपण गरेको थियो । सो अवसरमा आयोजक मञ्चका अध्यक्ष न्हुछेबहादुर प्रजापति, समितिका अध्यक्ष दिलकृष्ण प्रजापति, सल्लाहकार गणेशराम प्रजापति, गैसस भक्तपुरका अध्यक्ष अनिता पाण्डे, मञ्चका सल्लाहकार रामबहादुर श्रेष्ठ, मञ्चका कोषाध्यक्ष सहना पसखल लगायतका ब्यक्तिले कार्यक्रमको महत्वका बिषयमा बोल्नुभएको थियो ।