च्याम्हासिंहमा फलफूल तथा खाद्य पसल अनुगमन ः यस्तो देखियो अवस्था
जेठ २१, २०८२, बुधबार | दिउँसो ०३:५४ बजे | 400
भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा च्याम्हासिंहमा १० वटा फलपूmल तथा खाद्य पसलहरुमा बजार अनुगमन भयो । खरिद विक्रि विल प्रयोग नगरिकन भ्याट र राजश्व छलेको र कुहेको फलपूmलहरु प्रशाष्ट भेटिएको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा राज स्यामाजी स्टोर विगत दुईतीन बर्षदेखि नविकरण नभएको र मुल्य सूचि नराखेको, तराजु नविकरण नगरेकोले तीन दिन भित्र नविकरण गरेर नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
के.ओ.डि.स्टोर पसल तीन दिन भित्र दर्ता गरीनगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई म्याद नाघेको सामानहरु म्यागी सस् ठूलो ५ वटा र सानो ७ वटा, मोसरुम ३ बट्टा जफत गरी नष्ट गरियो भने भ्याटमा दर्ता गरी भ्याट विल प्रयोग नगरेको, खरिदविक्रि खाता नभएको, कम्प्युटर विलिड्ड सिस्टमको स्विकृति नलिई राजश्व छलेकोले राजश्व कार्यालयले जरिवाना सहित कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने मूल्य अभिबृद्धि कर ऐन २०५२ अनुसार दर्ता प्रमाणपत्र नराखे हजार रुपैंया, कर पाटी नराखे दुई हजार रुपैंया, बीजक नदिए दश हजार रुपैंया, कारोबार लेखा निरिक्षण गर्न नदिए बीस हजार रुपैंया, खरिद विक्री खाता नभए दश हजार रुपैंया, विधुतीय बिजक म्यानुपुलेसन गरेमा पा“च लाख रुपैंया, अनुगमनमा बाधा अवरोध गरे पा“च हजार रुपैंया र शाखा र गोदाम प्रमाणिकर नगरी कारोबार गरेमा पटकै पिच्छ दश हजार रुपैंया जरिवाना व्यवस्था गरेको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
मुकेश फलपूmल पसल दर्ता नविकरण नभएकोले तीन दिन भित्र पसल दर्ता नविकरण गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई तराजु नापतौल विभागमा नविकरण नभएकोले थान १ जफत गरी कुहेको र विग्रेको केरा, आ“प, मेवा १४ केजि जफत गरि नष्ट गरियो ।
त्यस्तै न्यू ब्रम्हायणी जुस एण्ड फ्रूट सेन्टरमा कुहेको र विग्रेको केरा ४ दर्जन र आ“प, मेवा १० केजि जफत गरि नष्ट गरि भक्तपुर नगरपालिका कार्यालयमा तीन दिन भित्र उपस्थित हुन निर्देशन दियो ।
सृष्टि फ्रूट सेन्टर फलफूल पसल नविकरण गर्न र कुहेको र विग्रेको फलफूल ५ जफत गरी नष्ट गरी भक्तपुर नगरपालिका कार्यालयमा तीन दिन भित्र उपस्थित हुन निर्देशन दियो ।
ख्वप फलफूल तथा जुस पसल कुहेको फलफूल आ“प १० केजि, केरा ८ दर्जन, मेवा ४ केजि नष्ट गरि पसल तीन दिन भित्र पसल दर्ता नविकरण गरी नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दियो ।
अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा सदस्य ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्यान्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कमल कुमार श्रेष्ठ, राजश्व कार्यालय भक्तपुरका विकास कुमार यादव, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासुको सहभागी थियो ।
.png)