शेर्पा बिना सगरमाथा चढेकी पहिलो नेपाली महिला: पार्वती जोशीको साहसिक सफलता


जेठ २१, २०८२, बुधबार | विहान ०९:४४ बजे | 2055


शेर्पा बिना सगरमाथा चढेकी पहिलो नेपाली महिला: पार्वती जोशीको साहसिक सफलता

"सगरमाथा चढ्न शेर्पा चाहिन्छ" भन्ने आम धारणा तोड्दै, रसुवा आमाछोदिङमो–४ की पार्वती जोशीले सन् २०२५ मे १९ तारिख का दिन इतिहासमा पहिलो पटक बिना कुनै शेर्पाको सहयोग ८८४८ मीटर अग्लो सगरमाथा को शिखरमा पाइला टेक्ने पहिलो महिला बनेकी छिन् र रसुवा जिल्लाबाटै सगरमाथा चढ्ने पहिलो महिला भएकी छन्। पार्वतीको यो यात्रा केवल आरोहण थिएन—यो एक सपना थियो, जुन उनले आत्मविश्वास, साहस र अथक तयारीका बलमा साकार पारेकी हुन्। पिता कान्छा काजी (आलुम) जोशी र माता लक्ष्मी जोशी (घिसिङ) की छोरी पार्वतीको जन्म १९९२ डिसेम्बर २४ मा भएको हो। बाल्यकालदेखि नै खेलप्रेमी र उनी भलिबलकी उत्कृष्ट खेलाडी थिइन्, राष्ट्रियस्तरको प्रतियोगिता समेत खेलेकी छिन्। "भलिबल खेल्दै दौडिदैं गर्दा नजिक को हिमालले मलाई सधैं तानिरहन्थ्यो," उनि भन्छिन्। पदयात्राको प्रेमि– उनी ट्रेकिङ गाइड बन्न पुगिन्। उनी इन्ट्रेपिट ट्राभल एजेन्सीमा एक प्रमाणित गाइड र टिम नेतृत्व कर्ताका रूपमा हाल कार्यरत छिन्। ट्रेकिङका क्रममा उनले धेरै हिमाली सौन्दर्यहरूको दृश्य अवलोकन गर्दैगर्दा, यही बाटो हुँदै पर्वतारोहणमा लाग्ने रहर जाग्यो। सन् २०१६ मा उनले आधारभूत पर्वतारोहण तालिम लिइन्। "जब पर्वतारोहणको तालिम लिएँ, तब लाग्यो—अब सगरमाथा पनि चढ्न सक्छु," पार्वतीले भनिन्। उनले एडभान्स कोर्स सन् २०२० मा पुरा गरिन्। पार्वतीले काठमाडौंबाट अप्रिल २०,२०२५ मा यात्रा सुरु गरेकी हुन् र उनले मे १९ मा सगरमाथाको शिखरमा पाइला टेकिन् र मे २४, २०२५ मा पुनः काठमाडौं फर्किइन्। यो पूरा यात्रामा उनले कुनै शेर्पाको सहयोग नलिई आफ्नो निर्णय, आरोहण रणनीति र साहसमा भर गरिन् र इतिहास रचिन्। सम्पूर्ण नेपाली महिलाका लागि प्रेरणाको श्रोत बनेकी छिन्।

Comments