लान्चाफल्चा खाद्य पसल अनुगमनः कुहेका फलफूल प्रसस्त


जेठ २०, २०८२, मङ्गलबार | साँझ ०४:४० बजे | 160


लान्चाफल्चा खाद्य पसल अनुगमनः कुहेका फलफूल प्रसस्त

भक्तपुर, २० जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लान्चाफल्चा र कमलबिनायक क्षेत्र ८ वटा खाद्य तथा फलपूmल पसलहरुमा बजार अनुगमन भयो । म्याद नाघेको र विग्रेको र कुहेको फलपूmलहरु प्रशाष्ट भेटिएको संयोजक गोराले बताउनु भयो । 
अनुगमनमा त्रिदेव खाद्य स्टोलमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखेको नदेखिएको र म्याद नाघेको सामानहरु कर्न फ्लोर १ पाकेट, सचिन धनिया ११ पाकेट, चोको पाइ चकलेट ३ बट्टा, कच्चा मान्गो चकलेट १५ वटा, मस्कीटो लिक्वीड ८ वटा, सुजि ५ पाकेट, आलुचिप्स ६ पाकेट, जिरा २ पाकेट, बट्टा मसला ९ बट्टा, मःमः र चाट मसला ३४ पाकेट जफत गरी नष्ट गरीयो । 
ब्रिजेश फलपूmल पसल दर्ता कागजात नभएकोले तीन दिन भित्र पसल दर्ता गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई तराजु नापतौल विभागमा नविकरण नभएकोले थान १ जफत गरी म्याद नाघेको सामानहरु प्राण जुस प्रूmटो २० वटा, रियल जुस ३ वटा, जिरा कुकिज विस्कुट ७ पाकेट, केरा १ दर्जन, आ“प १० केजि, जफत गरि नष्ट गरियो । 
त्यस्तै मनखुस पसलमा फाण्टा र स्प्राईट ३ केश म्याद नाघेको भेटिएकोले निजलाई नै नष्ट गर्न निर्देशन दिई तराज १ जफत गरी भक्तपुर नगरपालिका कार्यालयमा तीन दिन भित्र उपस्थित हुन निर्देशन दियो । 
दिल खुस राज फलफुल सेन्टर नविकरण गर्न र कुहेको र विग्रेको फलफूल १ क्रेट नष्ट गरियो भने दर्मेन्द्र दासको फलफुल पसल तीन दिन भित्र दर्ता गरि तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिई तराजु १ थान जफत गरि कुहेको आ“प, केरा, अंगुर मेवा ५ बाकस जफत गरी नष्ट गरियो ।
दुर्गा फलफूल पसल कुहेको फलफूल अनार, आ“प २ क्रेट नष्ट गरि पसल तीन दिन भित्र दर्ता गरी नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दिई तराजु थान १ जफत गरियो ।
अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशन मैया सुवाल, वडा सदस्य ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्यान्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कमल कुमार श्रेष्ठ, राजश्व कार्यालय भक्तपुरका दिवानन्द तिमिल्सिना, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला, भक्तपुर उद्योग बाणिज्य संघका विश्वनाथ मगजुको सहभागी थियो ।

Comments