काभ्रे । पनौती नगरपालिकाको आठौँ नगर सभाको दोस्रो बैठक २०७७/०९/८ गते निर्धारित कार्यसूची बमोजिम प्रारम्भ भएको थियो। यस क्रममा नगरपालिकाले गत बर्ष हासिल गरेको भौतिक तथा वित्तीय प्रगतिको यथार्थ विवरण र चालु आ.व. ०७७र७८ यस अवधिसम्मको शाखागत रुपमा प्राप्त भएका एक मुष्ठ प्रगति प्रतिवेदन पारित भएको छ । यसै गरि पनौती नगरपालिका र खोपासी सहकारी संस्था लि. बीच नगर अस्पताल निर्माण गर्ने प्रयोजनका लागि हिजो सम्पन्न सम्झौता सभाद्वारा अनुमोदन गरिएको छ ।


यसै गरि पनौती नगरपालिका क्षेत्र भित्र विभिन्न विषयमा आवश्यक कानुनहरु निर्माण गर्ने क्रममा कार्यपालिकाले विधेयक समिति मार्फत सैद्धान्तिक सहमति लिई प्रस्तुत गरेको पांचवटा विभिन्न विषयको विधयेकहरुस खानि तथा खनिज पदार्थ सम्बन्धि विधेयक ,वातावरण तथा सरसफाई विधेयक, वन विधेयक,युवा तथा खेलकुद परिषद विधेयक र मानव अधिकार परिषद् विधेयक प्रस्ताव पनि अनुमोदन भएको छ ।

 हिजो प्रस्तुत भएको विशेष प्रस्ताबस पनौती न.पा. क्षेत्रको वडा नं.१,२,३ र १२ महाभारत शृंखलासंग जोडिएका वडाहरुमा २०० भन्दा बढी प्रजातिका चराहरु भएको र “द्यष्चम ध्बतअजष्लन” को लागि महत्वपूर्ण स्थल भएको हुँदा यस क्षेत्रलाई “द्यष्चम ध्बतअजष्लन” को लागि चरा संरक्षण क्षेत्र घोषणा गरियोस भन्ने विशेष प्रस्ताव र पनौती न.पा. क्षेत्रका नौविशे नेपालवेशी,पनौती लगायतका फाँटहरुलाई कृषि पकेट क्षेत्र घोषणा गरियोस भन्ने अर्को विशेष प्रस्ताव सर्बसम्मतिले पारित भएको छ । 

यि विभिन्न प्रस्तावहरु संगसंगै पनौती न.पा. गत विगत आ.व. ०७५र७६ को महालेखा परिक्षणबाट सम्पन भएको अन्तिम लेखा परिक्षणको प्रतिवेदन र यस नगरपालिकाको लेखा समिति सहितको प्रतिवेदन पनि समर्थन भएको छ भने गत सातौँ नगर सभादेखि यस अवधि बीचमा नगरकार्यपालिका बैठकले विभिन्न मितिमा आगामी नगर सभाबाट अनुमोदन गर्ने गरि भनेर भएका सम्पूर्ण निर्णयहरु पनि अनुमोदन भएका छन्। यसै क्रममा बिभिन्न सार्बजानिक महत्वका विषयमा र बिशेष प्रस्ताब उपर छलफलमा भाग लिनुभएका सभासदस्यज्यूहरुले राख्नुभएका जिज्ञासाको बारेमा सभाध्यक्ष तथा नगर प्रमुख भिम न्यौपाने ज्यूले स्पष्ट पार्नुभएको छ। 

साथै अन्त्यमा आठौँ नगर सभा सम्पन्न गर्न सहयोग गर्नुहुने नगरसभा सदस्य ज्यूहरु ,कर्मचारी साथिहरु,पत्रकार मित्रहरु लगायत सम्बद्द सम्पूर्णमा नगर प्रमुख ज्यूले धन्यबाद व्यक्त गर्दै पनौती नगरपालिकाको आठौँ नगर सभा सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ ।
...

All Comments.......


Please Login/Register To Comments