भोलि काठमाडौं उपत्यका बन्दको आह्वान
जेठ १८, २०८२, आइतबार | राति ०८:४२ बजे | 240
राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादी समूहहरूले आइतबारको प्रदर्शनमा सरकारी दमन भएको आरोप लगाउँदै भोलि (सोमबार, जेठ १९ गते) काठमाडौं उपत्यका बन्दको आह्वान गरेका छन्।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार साँझ एक विज्ञप्ति जारी गरी उक्त घोषणा गरेका हुन्।
सरकारले आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि बर्बर दमन गरेको र आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको जिकिर गर्दै समितिले बन्दको घोषणा गरेको हो।
“सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं। यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,” सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
