सन्तति आविमा सरसफाइ 


जेठ १८, २०८२, आइतबार | राति ०७:४५ बजे | 115


सन्तति आविमा सरसफाइ 

भक्तपुर, जेठ १८ । सिर्जनानगर नपली स्थित सन्तति आधारभूत विद्यालयले सिथि नखः को अवसरमा नजिकैको ढुङ्गेधारा र इसानेश्वर महादेवको परिसर सरसफाइ गरियो ।  कार्यक्रममा विद्यालयका शिक्षक सत्यराम कासिछ्वाले स्थानीय पाठ्यक्रम अन्तर्गत अध्ययनको विषय रहेको सिथि नखः को माैलिकता, सामाजिक, सांस्कृतिक महत्त्व तथा व्यवहारिक पृष्ठभूमि बारे जानकारी दिनुभयो । उक्त सरसफाइ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ लगायत विद्यालय व्यवस्थापन समितिका सदस्य भोजराज बस्नेतको सकृय सहभागिता रहेको थियो । सोही कार्यक्रममा कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरूले विद्यालय परिसर, नजिकैको ढुङ्गेधारा तथा इसानेश्वर महादेव परिसर तथा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूले आआफ्नो कक्षाकोठा र विद्यालयको प्रांगणमा सरसफाइ गरेका थिए ।

Comments