भक्तपुर उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा सम्पन्न
पुष २९, २०७७, बुधबार | विहान ०४:२५ बजे | 25
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छाको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रदिप श्रेष्ठको सभापतित्वमा भएको उक्त साधारण सभाको समुद्घाटनका अवसरमा भक्तपुर जिल्लाबासी नेपाल सरकारको उच्च ओहोदाका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुंदै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रदिप श्रेष्ठले जिल्लाको व्यवसायिक प्रवद्र्धनका लागि संघ सदैव तत्पर रहेको बताउनु भयो । साथै वहांले जिल्लामा व्यवसायीहरुले भोग्दै आएका समस्याहरुमाथि प्रकाश पार्नु हुदै राज्यका सम्बन्धित निकायहरुबाट शिघ्र पहल हुनु पर्नेमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुदै राष्ट्रिय सतर्कता केन्द्रका सचिव श्री मणिराम गेलालले उत्पादन र सेवा क्षेत्रको जिम्मा निजी क्षेत्रलाई हस्तान्तरण गरिसकेको हुंदा राज्यले केवल सहजकर्ताको मात्र भुमिका खेल्ने बताउनु भयो । यसैगरी वहांले राज्यको आर्थिक स्तर वृद्धि हुनुमा निजीक्षेत्रले आर्जन गर्ने मुनाफाले महत्वपूर्ण भूमिका खेल्ने भएको हुंदा निजी क्षेत्रलाई मुनाफा आवश्यक रहेको पनि बताउनु भयो ।
त्यस्तै कार्यक्रममा अर्का वक्ता संसद सचिवालयका सचिव श्री सुदर्शन खड्काले निजी क्षेत्रको समस्या सरकारलाई ज्ञात भएको र निजी क्षेत्रको विकासमा सरकारले पनि सक्दो योगदान पुर¥याउ“दै आएको बताउनु भयो । राज्यको एक अभिन्न अंग निजी क्षेत्र भएको हुंदा निजीक्षेत्रलाई राज्यले प्रोत्साहित गर्नै पर्ने दायित्व रहेको बताउनु भयो ।
नेउवामहासंघ जिल्ला नगर उपाध्यक्ष श्री दिनेश श्रेष्ठले निजी क्षेत्रका लागि बनाइने ऐन कानूनहरु उद्यमी व्यवसायीसंग छलफल गरेर बनाइएको भए कार्यान्वयन गर्न धेरै सहज हुनेमा जोड दिनु भयो । कार्यक्रममा राष्ट्रिय सतर्कता केन्द्रका सचिव श्री मणिराम गेलाल, संसद सचिवालयका सचिव श्री सुदर्शन खड्का, अर्थ मन्त्रालयका सहसचिव श्री रामेश्वर दंगाल, प्रहरी नायव उपरीक्षक श्री गोविन्द कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक श्री पंकज पौडेल, ललितपुर उपमहानगरपालिका नगर प्रहरी प्रमुख श्री सिताराम हाछेथु, आरएनए १६ का टिम लिडर श्री अरुण सैजूलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
यसैगरी भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धर, संघकै वस्तुगततर्फका उपाध्यक्ष श्री रोशन भोयद्यो, नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशका अध्यक्ष श्री दिलसुन्दर श्रेष्ठ, वागमती प्रदेशकै उपाध्यक्ष श्री दुर्गाराज श्रेष्ठ र वागमती प्रदेश कार्यसमिति सदस्य श्री कैलाश पलाञ्चोकेलाई पनि सम्मान गरिएको थियो । यसैगरी सो अवसर भक्तपुरका उत्कृष्ट नियातकर्ताहरु पनि सम्मानित भएका थिए । जस अनुसार भारतर्फका उत्कृष्ट निर्यातकर्ताहरुमा श्री सिद्धि गणेश तरकारी तथा प्रशोधन र रिजन एण्ड सृजन पस्मिना रहयो भने तेस्रो मुलुकतर्फ हिमालयन निटवेयर प्रा.लि., ब्ल्याक फेसन र प्रधानांग एपेरियल्स सम्मानित हुनु भएको थियो ।
कार्यक्रममा संघबाट प्रकाशन गरिएको स्मारिका २०७६—०७७ विमोचन गरिएको थियो । संघका वरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धरले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष श्री नवराज गेलाल र भक्तपुर ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष श्री नाती भाई हेम्बाले शुभकामना मन्तव्य दिनु भएको थियो ।
भवदीय,
रोशनी मैञा धौबन्जा
महासचिव