नेपाली सेनाको मेजर र नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक हुँ भनी सर्वसाधारणलाई झुक्याउन थालेपछि....
जेठ १६, २०८२, शुक्रबार | राति ०९:०९ बजे | 205
भक्तपुर । हिजो जेठ १५ गते साँंझ ४ बजेको समयमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ कौशलटारबाट बा.प्र.०१–००२ ज ६७३९ नं. को ट्याक्सी ईन ड्राईभ गरी ट्याक्सीमा सवार रामेछाप मन्थली नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुर ताथली बस्ने वर्ष ३८ को रुद्रराज कार्कीले आफु नेपाली सेनाको मेजर हुँ भनी ट्याक्सी चालक भक्तपुर नगरपालिका वडा नं. २ व्यासी बस्ने मनोज न्यौपानेलाई धाक धम्की दिई भाडा नदिएको खुलेपछि प्रहरीले पक्राउ गरेको छ । यस विषयमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले नियन्त्रणमा लिइएको जनाइएको छ । साथै १६ गते अन्दाजी ४ बजेको समयमा भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका वडा नं. २ दिव्यश्वरीमा ठगी परेका पीडित व्यक्तिहरुलाई पैसा अशुल गरी दिन्छु भनी आफुलाई नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक संजय यादव बताउने जिल्ला सिराहा बरियारपट्टी गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौँ जोरपाटी बस्ने वर्ष २७ को काशिन्द्रकुमार ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ । वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । दुबै घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ ।