नेवा: देय् दबू ख्वपमा गणतन्त्र दिवस भव्य सम्पन्न
जेठ १६, २०८२, शुक्रबार | विहान ०८:३० बजे | 340
रामचन्द्र प्रजापति
जेठ १५ भक्तपुर । नेवा: देय् दबू ख्वप नगर समितिको आयोजनामा भक्तपुरको दतात्रायस्थित युग विजय पुस्तकालयमा १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा गणतन्त्र विषयमा छलफल कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि नेवा: देय् दबू उपत्यका विशेष समितिका सदस्य कृष्ण प्रजापतिले मानव सब्यताको विकास तथा राज्य संचालन गर्न आवश्यक पर्ने जमिन जनसंख्या महत्त्वपूर्ण हुने उल्लेख गर्नु भयो। नेपालमा गणतन्त्र घोषणा गरेको भोलिपल्ट राजाले जनतालाई नमस्कार गरेको सोही दिनमा गणतन्त्र आएको महशुस जनताले गरेको हो ।यो गणतन्त्रको रक्षा गर्न विभिन संसस्था राजनीतिक पार्टी लागाएतको योगदान रहेको प्रमुख अतिथि प्रजापतिले बताउनु भयो। कार्यक्रममा नेवा: देय् दबू ख्वप जिल्ला अध्यक्ष नरेश सुवालले मानव सब्यताको विकास संगसंगै राज्य संचालन गर्ने राजामाहाराजाले पहिले के कस्तो जनतालाई दु:ख दिने गरेको छ भन्ने स्मरणीय कुरा राख्नु भयो। नेवा: देय् दबू ख्वप नगर समिति सचिव विश्वराम लागेले संचालन गर्नु भएको कार्यक्रममा नेवा: देय् दबू ख्वप नगर समिति उपाध्यक्ष राम चन्द्र प्रजापति, नेवा: नेवा मिसा दबूका अध्यक्ष सरिता दुवाल, सदस्य अन्जना सिजख्व लागाएतले शुभकामना आदानप्रदान तथा गणतन्त्र सम्बन्धि चर्चामा गर्नु भयो।
