सकियो तुमुचो—दुगुरे—चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिको भेला
जेठ १५, २०८२, बिहीबार | दिउँसो ०१:४० बजे | 100
भक्तपुर । बागमती प्रदेशका सांसद एवं नेपाल मजदुर किसान पार्टी भक्तपुरका जिल्ला अध्यक्ष सरेन्द्रराज गोसाईले राजावादीबाट बिहीबारदेखि थालेको आन्दोलन विदेशको इसाराबाट भएको दावी गरेका छन् । तुमुचो—दुगुरे—चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समिति दुगुरे भक्तपुर नगरपालिका वडा नं ९ को तेश्रो बृहत उपभोक्ता भेलाको विहीबार भक्तपुरमा उदघाटन गर्दै उनले भारत र अमेरिकाको इसारामा आन्दोलन थालेको दावी गरे ।
राजा ल्याउने भनेर थालेको यो आन्दोलन राष्टिय प्रजातन्त्र पार्टी, दुर्गा प्रसाई वा राजाबाट फाइदा लिनु लिएका राजावादीहरुबाट नभई विदेशी इसाराबाट सुरु भएको भनाई उनको थियो । राष्टिय प्रजातन्त्र पार्टी वा अन्य कसैको वुद्धीबाट यो आन्दोलनको थालनी नभएको दावी उनको हो । उनीहरुको आन्दोलन सफल नहुने पनि उनको दावी छ ।
फरक प्रसंगमा उनले भ्रष्टाचार, कमिसनतन्त्र नरोकिएसम्म जुनै राजनीतिक व्यवस्थामा पनि देशले विकासको गति लिन नसक्ने विचार राखे । बागमती प्रदेशको हिजोआज कमिसन खानकै लागि बजेट माग्न आउनेहरुको ताँंती लागेको भन्दै उनले कमिसनकै लागि सवैले रयाल चुहाइरहेको बताए । कमिसनका लागि नभई साँंचो अर्थमा विकासको नमूना भक्तपुर भएको उनको भनाई थियो ।
कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष एवं उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोरा, वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजू, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ९ नं वडा समितिका अध्यक्ष कृष्णभक्त लवजू, पार्टी ९ नं वडा सूर्यमढी एकाई समितिका अध्यक्ष दिलभक्त कोजू, पार्टी दतात्रय एकाई समितिका अध्यक्ष नातिभाइ ह्योम्वा, पार्टी तुमचो, दुगुरे चोखा एकाई समितिका अध्यक्ष जग्गनाथ प्रजापतिलगातले खानेपानीका विविध विषयमा चर्चा गरे ।
कार्यक्रममा कोषाध्यक्ष छोरीमैयाँं सुजखूले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । कार्यक्रममा उपभोक्ता समितिका सदस्य मैयाँंलक्ष्मी त्यातले गरेकी थिइन् । कार्यक्रम विष्णुराम दुमरुले सञ्चालन गरेका थिए ।
