घरेलुको अवस्थाबारे छलफल


पुष २८, २०७७, मङ्गलबार | दिउँसो ०१:२१ बजे | 15


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको सभाकक्षमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरे, उद्योग विभागका महानिर्देशक श्री जीवराज भुषाल तथा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव डा. नारायण प्रसाद रेग्मीको उपस्थितिमा लघु, घरेलु तथा साना उद्योगको अवस्था, चुनौती र सरकारको नीति विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । महासंघका कार्यवाहक अध्यक्ष श्री उमेश प्रसाद सिंहको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन महासचिव श्री डम्वर प्रसाद रेग्मीले गर्नुभएको थियो ।

[[img2]]
कार्यक्रममा निवर्तमान अध्यक्ष श्री सुरेश प्रधान, उपाध्यक्ष श्री अञ्जना ताम्राकार, कोषाध्यक्ष श्री सत्यनारायण प्रजापति, सचिव श्री प्रमिला बस्नेत, बाग्मती प्रदेशका उपाध्यक्ष श्री राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय महिला उद्यमी समितिका उपसभापति श्री जानकी प्रधान लगायत केन्द्रीय सदस्यहरु, केन्द्रीय महिला उद्यमी समितिका पदाधिकारी तथा सदस्यहरु र काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे जिल्लाका अध्यक्षहरु, पदाधिकारीहरु र जिल्ला महिला उद्यमी समितिका सभापति लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments