चोखामा बजार अनुगमन
पुष २८, २०७७, मङ्गलबार | दिउँसो ०१:०२ बजे | 50
भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा मंगलबार चोखामा १५ वटा पसलहरु मंगलबार अनुगमन गरेकोमा भक्तपुर नगरपालिकामा दर्ता गर्नुपर्ने समेत थाहा नपाएको र म्याद नाघेको सामानहरु धेरै भेटिएको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा प्रमिला किराना पसल दर्ता नभएकोले त्यहि स्थानमा दर्ता गराई पसल व्यवस्थित गर्न र तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । पूर्णिमा स्टोर पसल दर्ता नभएकोले त्यहि स्थानमा दर्ता गराई म्याद नाघेको सामानहरु ड्यू पा“च सय मिलिलिटरको ११ वटा, स्लाइस पा“च सय मिलिलिटरको १ वटा, क्रिष्टल पानी एक लिटरको बोटल १ केश जफत गरी नष्ट गरियो भने ढक तराजू नापतौल विभागमा दर्ता नविकरण गर्न निर्देशन दियो । त्यस्तै रामदेवी किराना पसलमा म्याद नाघेको एबिसि चाउचाउ ५ पाकेट, काजुबदाम कुकिज १ पाकेट, मारी विस्कुट २६ पाकेट, ड्यु दुईसय पचास मिलिलिटरको ४ वटा र पा“च सय मिलिलिटरको ३ वटा, मिरिण्डा जम्बो १ वटा बिएमसि चिकेन मसल २ पाकेट जफत गरि नष्ट गरियो । त्यस्तै आस्मा कस्मेटिक एण्ड फेन्सी पसल दर्ता प्रमाणपत्र नदेखाएकोले दर्ता नभए तीन दिन भित्र दर्ता गर्न निर्देशन दियो । त्यस्तै विमला सप्लायर्समा म्याद नाघेको सामानहरु ड्यू पा“च सय मिलिलिटरको २ वटा, पेप्सी पा“च सय मिलिलिटरको १ वटा, सेभेन अप पा“च सय मिलिलिटरको २ वटा, बिएमसी करि मसला ८ पाकेट, फुड कलर ६ वटा, ग्लुकोज डि १ वटा जफत गरी नष्ट गरियो भने पसल दर्ता नविकरण गर्न निर्देशन दियो । सृष्टि किराना पसलमा म्याद नाघेको कोकोनट विस्कुट ३ पाकेट, पशुपति पापड ३ पाकेट जफत गरी नष्ट गरियो भने ढक तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।
[[img2]]
त्यस्तै हरि स्टोरमा म्याद नाघेको सामानहरु निकनक चाउचाउ ४ पाकेट, बिग मिमि चाउचाउ ६६ पाकेट, खुसि चाउचाउ ८ पाकेट, कोकोनट बिस्कुट ७ पाकेट, लभ बिस्कुट १ पाकेट, विग्रेको दुध दहि १३ पाकेट जफत गरी नष्ट गरियो भने पसल दर्ता नभएकोले तीन दिन भित्र दर्ता गर्न निर्देशन दियो । त्यस्तै रिफिल मेडिकल हलमा पसल नविकरण गर्न, औषाधि पसलमा बस्ने व्यक्ति औषाधि विभागको अनुमति प्राप्त मात्र बस्नुपर्ने सुझाब दियो भने म्याद नाघेको औषाधि हिमेक ३ वटा जफत गरि नष्ट गरिएको श्यानिटेशन उपशाखाका निमित्त प्रमुख वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष हरिराम सुवाल, रोशन मैया सुवाल, श्यानिटेशन निमित्त प्रमुख व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक राजकुमार दनुवार, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सीताराम त्वायनाको सहभागी रहेको थियो ।