चाँंगुमा प्राविधिकहरुलाई उमेरमैत्री भवन निर्माण सम्बन्धि अभिमुखीकरण
जेठ १४, २०८२, बुधबार | दिउँसो ०३:३० बजे | 30
भक्तपुर
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी र स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत आज चाँगुनारायण नगरपालिकाका प्राविधिकहरुको लागि सञ्चालित १ दिने उमेरमैत्री भवन निर्माण सम्बन्धि अभिमुखिकरण सम्पन भएकोछ ।
चाँगुनारायण नगरपालिकाको नक्शा शाखा, पूर्वाधार विकास शाखा, नौ वटै वडाका प्राविधिकहरु र नगरपालिका भित्रका निर्माण व्यवसायीहरु समेत गरी ३१ जनाको सहभागित रहेको उमेरमैत्री भवन निर्माण सम्बन्धी अभिमुखीकरणमा सहारा परियोजनाको परिचय, ज्येष्ठ नागरिकको बर्तमान अवस्था, उमेरमैत्री भवन निर्माणको आवश्यकता र महत्व, निर्माण भइसकेका भवनहरुलाई उमेरमैत्री बनाउने तरिका, उमेरमैत्री भवन निर्माण सम्बन्धि विश्वव्यापी प्रयास लगायतका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य विभागका उपनिर्देशक बालकृष्ण सेँढाई, सहरा परियोजना संयोजक दिनेश थापा, पूर्वाधार विकास शाखा प्रमुख विश्वजित होना, वातावरण तथा सरसफाई शाखाका प्रमुख इञ्जिनियर अनमोल क्षेत्रीले सहजिकरण गर्नुभएको थियो ।
विश्व स्वास्थ्य संगठनले तयार गरेको उमेरमैत्री शहर (ब्नभ ँचष्भलमथि ऋष्तथ) को कार्यढाँचाका आठ मुख्य क्षेत्रहरु ः खुल्ला स्थान र भवनहरु, यातायात, आवास, सामाजिक सहभागिता, सम्मान र सामाजिक समावेशीकरण, नागरिक सहभागिता र रोजगारी, सुचना र सञ्चार तथा सामुदायिक सहयोग र स्वास्थ्य सेवा अन्तर्गतको खुल्ला स्थान र भवनहरु, आवासहरु उमेरमैत्री निर्माण गर्न सकेमा मात्र चाँगुनारायण नगरपालिकालाई नेपालमै पहिलो उमेर मैत्री शहर बनाउने लक्ष्य पुरा हुने भएकोल त्यही उद्धेश्य पुरा गर्नको लागि नगरपालिकाले सहारा परियोजना मार्फत यस प्रकारको अभिमुखिकरण कार्यक्रम सञ्चालन गरीरहेको छ । नगरपालिकाले सार्वजनिक भवनहरुको द्रुत सर्वेक्षण गर्ने कार्य पनि गरिरहेकोछ । सर्वेक्षणबाट प्राप्त नतिजा तथा सिफारीस बमोजिम सार्वजनिक भवनहरुलाई उमेरमैत्री बनाउने तर्फ नगरपालिकाले संरचनात्मक परिवर्तन गर्दै जानेछ । आगामी नीति तथा कार्यक्रम र बजेटमा समेत उमेरमैत्री भवन सम्बन्धि विषयलाई समावेश गर्नेछ । निजी तथा सरकारी र प्राविधिक तथा गैह्र प्राविधिक सबै क्षेत्रको सहकार्य र समन्वयले मात्र उमेरमैत्री शहर निर्माणको उद्धेश्य पुरा हुने विश्वास नगरपालिकाले लिएकोछ र त्यसै अनुरुप सहकार्य गर्दै आएकोछ ।
अभिमुखिकरण कार्यक्रममा भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे, कोषाध्यक्ष प्रदिप कुमार केसी, कार्यालय प्रमुख उमा थापा, कार्यक्रम सहायक सञ्जय अवाल लगायत सामाजिक परिचालकहरुको पनि उपस्थिती रहेको थियो ।