गृहमन्त्री लेखकद्वारा भिजिट भिसा प्रकरणमा संलग्नता अस्वीकार, राजनीतिक षड्यन्त्रको आरोप


जेठ १४, २०८२, बुधबार | दिउँसो ०२:२९ बजे | 55


 गृहमन्त्री लेखकद्वारा भिजिट भिसा प्रकरणमा संलग्नता अस्वीकार, राजनीतिक षड्यन्त्रको आरोप

काठमाडौँ  । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले आफूमाथि लगाइएका आरोपहरू असत्य र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताए। उनले संसद्मा बोल्ने अवसर नपाएपछि पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राखेका हुन्।

‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता रहेको भन्दै सामाजिक सञ्जालमा विभिन्न धारणा आएका छन्। यी सबै असत्य र गलत कुरा हुन्। म यसमा कुनै पनि रूपमा संलग्न छैन,’ उनले भने। मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढंगले आक्रमण भएको दाबी गरे। उनले यस्ता आरोपले सत्यलाई ढाकछोप गर्न खोजिएको बताए।

Comments