देकोचा, मिबाछे, ईटापाको जग्गा एकीकरण आयोजना पीडित संघर्ष समिति गठन
पुष २८, २०७७, मङ्गलबार | दिउँसो १२:४५ बजे | 70
भक्तपुर । देकोचा, मिबाछे, ईटापाको जग्गा प्लानिङ्गको आयोजनामा किसानहरुको पुर्ख्योली सम्पतिमा मनोमानी ढंगले काम गरेको भन्दै पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । धेरै प्रतिसत कटाई र आफ्नो जग्गामा बाटो बनाई नगरपालिकाबाट नक्सा पास गरी निर्माण भैइराखेको घरमा समेत मार्का पारी पाल्निङ्ग गरेको भन्दै उनीहरुले सम्पर्क कार्यालयसमेत खोलेका छन् । भक्तपुर नगरपालिका २ व्यासीमा सम्पर्क कार्यालय खोलेको उनीहरुले बताएका छन् । भक्तपुर नगरपालिकाले लामो समयदेखि नेपालको नक्सा आकारमा देकोचा, मिबाछे ,ईटापाको जग्गा प्लानिङ्गको आयोजना सञ्चालन गर्दै आएको छ ।