भाज्या पुखुमा मानिस डुबेपछि....


जेठ १४, २०८२, बुधबार | विहान ११:२५ बजे | 45


भाज्या पुखुमा मानिस डुबेपछि....

भक्तपुर । विहान साढे आठ बजेको समय थियो । ठाउँं थियो, भक्तपुर नगरपालिका वडा नं १ स्थित भाज्या पुखुु अर्थात् पोखरी । यतिकैमा कोलाहल मच्चियो । झण्डै आधा दर्जन मानिसहरु पोखरीमा डुवे । वचाउबचाउ आवाजले आकास नै थर्कियो । नभन्दै बचाउन नेपाली सेना, शशत्र प्रहरी, नेपाल प्रहरीको एक हुल सुरक्षाकर्मीहरु पोखरीमा तत्कालै पुगे । 
यो दृश्य थियो, बुधबार भक्तपुर बहुमुखी क्याम्पसको अगाडि रहेको भाजु पुखु अर्थात् पोखरीमा नेपाली सेनाले गरेको अभ्यास मनसुन ५, २०८२ को अभ्यासको दृश्य । त्यहाँं वर्खाको सिजन सुरु हुन लागेसँंगै वर्खामा हुनसक्ने सम्भावित वाढीपहिरो, डुवान आदिबाट बच्नेवचाउनेबारे रिहल्सर्ल अर्थात् अभ्यास गरिएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुर तथा श्री रणशेर गण सूयविनायक व्यारेक भक्तपुरको सहकार्यमा कार्यक्रम भएको थियो । विपत प्रतिकार्य तथा तथा जल उद्धार अभ्यास (बाढी तथा डुवानमा आधारित) गरिएको थियो । 
कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरण औपचारिक रुपमा चलेको थियो । श्री रणशेर गण विपद् व्यवस्थापन कार्यक्रम तालिका २०८२ को कार्यक्रम तालिका अनुसार पहिलो चरणको कार्यक्रममा श्री उपत्यका पृतना हेडक्वाटर नारायणहिटीका पृतनापति उपरथी विष्णु राउत, जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरका संयोजक एवं भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्याल, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, श्री नं १ बाहिनी अडा बालाजु काठमाडौंका बाहिनीपति सुनिल सिंह राठौर, रणशेर गण भक्तपुरका गणपति निरज प्रताप जवरालगायतले विपद्का विविध विषयमा चर्चा गरेका थिए । 
दोश्रो चरणमा अभ्यास गरिएको थियो । अभ्यासमा एक सय २८ जना उद्धारकर्मीहरु परिचालित भएका थिए । अभ्यासमा सुरक्षाकर्मीहरुले स्थानीयहरुद्धारा उपलव्ध श्रोतसाधनहरुद्धारा उद्धारको प्रयास गरेका थिए । संयुक्त सुरक्षाकर्मीहरुद्धारा विभिन्न बोट (डुंगा) तथा रेस्क्यू टेक्निक्सहरु प्रयोग गरी पीडितहरुको उद्धार कारबाही गरेका थिए । साथै संयुक्त सुरक्षाकर्मीको मेडिकल टोलीद्धारा घाइतेहरुलाई सुरक्षित स्थानमा लाने कारबाही, डुवेर हराएका व्यक्तिहरुको खोजतलास, भेटिएका व्यक्तिहरुलाई उद्धार गर्ने काम, पुरिएका व्यक्तिहरुको खोजी कार्यलगायतका अभ्यास गरिएको थियो । दोश्रो चरणको अभ्यास कार्य ४० मिनेटसम्म चलेको थियो । 
अभ्यासको क्रममा घाइतेहरुको उपचार, एम्वुलेन्समा राखेर थप उपचारको लागि अस्पताल लाने कार्यलगायतका कार्य पनि भएको थियो । कार्यक्रपछि उद्धारमा प्रयोग गरिएका सरसामानहरुका प्रदर्शन तथा अवलोकन कार्यसमेत भएको थियो । 
यो वर्ष जेठ अन्तिम हप्ताबाट मनसुन सुरु हुने जनाइएको छ । यो वर्ष सुरुको समयमै तीव्र मनसुन अर्थात् भारी वर्षाको सुरुवात हुने अनुमान गरिएको छ । 
भिडियोको लागि Abcdkhabar युट्युबमा जानुहोला । 

Comments