इच्छुक क्रान्तिकारी कवि भएकाले सबैका आस्थाका केन्द्र बनेका छन् - दाहाल


जेठ १४, २०८२, बुधबार | विहान ०४:२१ बजे | 60


इच्छुक क्रान्तिकारी कवि भएकाले सबैका आस्थाका केन्द्र बनेका छन् - दाहाल

काठमाडौँ ।२०८२ जेष्ठ १३ गते मङ्गलवार। जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिले नेपाल कम्युनिस्ट पार्टी (माअोवादी केन्द्र )का केन्द्रीय सदस्य एवम् साहित्य ,कला तथा संस्कृति विभाग प्रमुख वरिष्ठ पत्रकार महेश्वर दाहालको प्रमुख अातिथ्यमा महान् सांस्कृतिक सहिद कृष्णसेन 'इच्छुक' को २३ औँ स्मृति तथा सांस्कृतिक वलिदान दिवसको आयोजना पेरिसडाँडामा गरेको हो। प्रमुख अतिथि दाहाल लगायतले एक मिनेट सहिद प्रति मौन धारण गर्दै इच्छुकको तस्बिरमा माल्यार्पण गरेपछि कार्यक्रमको प्रारम्भ गरिएको हो । यस सन्दर्भमा प्रमुख अतिथि दाहालले महान् सांस्कृतिक सहिद इच्छुकको बलिदानपूर्ण जीवन सङ्घर्ष र गाथाबारे चर्चा गर्नुभयो। तत्कालीन पार्टीभित्र चर्किएको गुट र उपगुटबाट पीडित हुँदा समेत कति बिचलित नभई जनता,पार्टी हित र क्रान्तिप्रति समर्पित हुँदै साहित्य सिर्जना तथा पत्रकारितामा इच्छुक तल्लीन रहेको चित्रण गर्दै जनादेश,कलम ,जनदिशा र योजना जस्ता पत्रिकामा सम्पादक रहँदा कुशलतापूर्वक वैचारिक नेतृत्व गरेको कुरा दाहालले बताउनुभयो । साहसिक योद्दा , क्रान्तिकारी कवि र पत्रकारका साथै इच्छुक सबैका आदर्श र प्रेरणका स्रोत भएको उल्लेख गर्नुभयो ।दाहालले सम्पादकीय ,पाठक प्रतिकृया ,समाचार ,लेख र कार्टुनको इच्छुकले विशेष अध्ययन गर्ने गरेको कुरा बताउनुभयो । कार्यक्रमका अतिथि नेपाल कम्युनिस्ट पार्टी (माअोवादी केन्द्र )का केन्द्रीय सदस्य तथा भाषा आयोगका सदस्य मातृका पोखरेलले इच्छुकको वैचारिक प्रतिबद्धता र कवि व्यक्तित्वको चित्रण गर्नुभयो। कार्यक्रममा इच्छुकद्वारा रचित प्रसिद्ध कविता ''प्रतिबन्ध''लाई जनवादी कलाकार झङ्कार बुढा,केसरी घर्ती मगर एलिना ,विश्व दोङ,दिपक राई,पुजा श्रेष्ठ र धनु ग्याङ्मीले सामूहिक रूपमा गाउनु भएको थियोे ।यसैगरी प्रगतिवादी कविहरू चेतनाथ धमला,बम बानिया,मिथोच र उत्तम लिम्बूले कृष्ण सेन इच्छुक रचित कविता वाचन गर्नुभयो । जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीले कार्यक्रमको समापनका क्रममा महान् सांस्कृतिक सहिद इच्छुकको क्रान्तिकारी चिन्तन ,साहित्यिक व्यक्तित्व,आदर्श र प्रेरणा भावी पुस्तासम्म पुर्याउने गरी प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।उद्घोषण गर्दै महासङ्घका महासचिव केशव सिलवालले इच्छुक निरङ्कुशता विरुद्धका योद्धा कवि तथा पत्रकार रहेको बताउनुभयो। जनदिशा दैनिकको प्रधान सम्पादक भएका बखत तत्कालीन राज्य सत्ताको निर्देशनमा प्रहरीले पक्राउ गरी कृष्ण सेनलाई २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमै चरम यातना दिएर हत्या गरेको हो । इच्छुकका शोकाञ्जली,इतिहासको यस घडीमा,बन्दी र चन्द्रागिरी जस्ता काव्यकृति प्रकाशित रहेका छन् । कलम साहित्यिक त्रैमासिक, जनादेश साप्ताहिक, जनदिशा दैनिक, योजना लगायतका पत्रपत्रिकामा सम्पादक रहेका उनले साहित्य सन्ध्या (२०५७), पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९) ,कृष्णमणि साहित्य पुरस्कार (२०५९), प्रगतिशील साहित्य पुरस्कार (२०६१), मरणोपरान्त र प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त प्राप्त गर्नुभएको हो। दाङ कारागार, भद्र बन्दीगृह,सिराहा र राजविराजमा पटकपटक जेलजीवन बिताएका इच्छुकको शहादतपछि पनि कृष्ण सेन 'इच्छुक' स्मृति ग्रन्थ, इच्छुक रचनावली भाग १-३,कवि इच्छुक कविताका सन्दर्भमा आस्था र निष्ठाका सतिसाल इच्छुक जस्ता कृति प्रकाशि भएका छन् ।खासमा इच्छुक क्रान्तिकारी काव्यधाराका प्रतिनिधि तथा युगीन कवि हुन् । समाचार सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला

Comments