उद्याेगपती स्व रूकमणीकाे स्मृतिमा पन्ध्र संगीतसाधकलाई नगधसहित सम्मान


जेठ १३, २०८२, मङ्गलबार | साँझ ०४:०५ बजे


उद्याेगपती स्व रूकमणीकाे स्मृतिमा पन्ध्र संगीतसाधकलाई नगधसहित सम्मान

काठमाडौं , १३ जेठ । ललितपुर जावलाखेलका उद्याेगपती तथा बरिस्ठ समाजसेवी संगीनी रूकमणीदेवी श्रेष्ठको स्मृतिमा पन्ध्रजना संगीतसाधकहरू सम्मानित भएका छन् । ललितपुरकाे वटुक भैरब मन्दिर परिसरमा रूकमणीदेवी श्रेष्ठको तेस्राे स्मृतिमा आयाेजना गरिएकाे कार्यक्रममा विभिन्न पन्ध्रजना संगीतसाधकहरूलाई प्रमुख अतिथि तथा वटुक भैरबनाथ क्षेत्र बिकास समितिका सल्लाहकार ललितपुर जावलाखेलका उद्याेगपती तथा बरिस्ठ समाजसेवी रामलाल श्रेष्ठबाट सम्मानित भएका हुन् । सम्मानितहुनेहरूमा संगीतसाधकहरू पिंकी देसार, दिवाकार खड्का, दिपकरमण डंगाेल, रिचु कँडेल, राजिव राजाेपाध्या, राेजी श्रेष्ठ, विनय लामा, सुर्यमान श्रेष्ठ, कमल भट्टराइ, विनाेद रञ्जितकार, प्रेमकृष्ण राजकर्णिकार, वरिष्ठ तवलावाधक सिरू महर्जन, सञ्जु साही, धिरज लामालाइ जनही नगध दसहजार रूपैयाँ र तवलावाधकलाइ नगध रूपैयाँ सातहजार पाचसयसहित कदरपत्रले सम्मान गरेकाे थियाे । त्यस्तै वरिष्ठ गायक प्रेमकृष्ण ताम्राकारलाई नगध रूपैयाँ बिस हजारसहित सम्मानपत्रले सम्मान गरिएकाे थियाे । कार्यक्रम सञ्चालक वटुक भैरबनाथ क्षेत्र बिकास समितिका मनाेज अवालेलाई पनि नगध रूपैयाँसहित सम्मान गरिएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि तथा वटुक भैरबनाथ क्षेत्र बिकास समितिका सल्लाहकार ललितपुर जावलाखेलका उद्याेगपती तथा बरिस्ठ समाजसेवी रामलाल श्रेष्ठले मन्दिरकाे समग्र विकासका लागि ललितपुरबाट विदेशिएका युवाहरूलाई आश्वानपनि गरिएकाे थियाे । उहाँले मानव सेवाका लागि मन्दिर उपयुक्त भएकाे भन्दै भैरबनाथलाई बिशेष महत्वकासाथ हेरिने बताउनुभयाे । कार्यक्रम बिशेष संगीतसहित वटुक भैरबनाथ क्षेत्र बिकास समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति विनाेद व्यञ्जनकारकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *