नेपाल जब फेयर २०२१ बिहीबारदेखि सुरु हुँदै
पुष २७, २०७७, सोमबार | दिउँसो ०१:२० बजे | 55
काठमाडौं । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा सुरु हुँदैछ । एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलोपटक हुन लागेको नेपाल जब फेयर तीन दिनसम्म सञ्चालन हुनेछ र यसमा रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तरक्रिया हुनेछ । जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यास (भ्तजष्अब िबलम त्चबलकउबचभलत ज्च् एचबअतष्अभ) को सूत्रपात गर्ने लक्ष्य लिएको छ । जब फेयर मार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने विश्वास लिइएको छ ।
जब फेयरको उदघाटन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नुहुनेछ भने कि नोट स्पिकरका रुपमा अर्थशास्त्री हरि रोका र रोजगार विज्ञ प्रा. डा. रमेशप्रसाद कोइराला र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ रहनुभएको छ । कार्यक्रममा सिएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, रोजगारविद् डा. गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठलगायतले सम्बोधन गर्नुहुनेछ । विभिन्न सेसनमा आफ्नो क्षेत्रमा ख्याती कमाइसक्नु भएका पूर्व गर्भनर डा. चिरन्जीवी नेपाल, अशोक सिग्देल, क्या. विजय लामा, प्रकाशदेव पालिखे, तारा पौडेल लगायतले विभिन्न क्षेत्रमा रोजगारीका सम्भावना र जनशक्ति विकासका विषयमा प्रकाश पार्नुहुनेछ ।
जब फेयरमा एक सयभन्दा बढी रोजगारदाता सहभागी हुनेछन् भने १५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन गरिनेछ । जसबाट ३००० भन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ । यस्तै, १० हजारभन्दा बढीको भौतिक तथा भर्चुअल सहभागिता रहने जब फेयरमा १ लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता जनाउनेछन् । काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुने जब फेयरमा युवा उद्यमशीलतासम्बन्धी प्रतिस्पर्धा, वैदेशिक अध्ययनसम्बन्धी सेमिनार, एभिएसन र हस्पिटालिटी क्षेत्रसम्बन्धी करियर सेमिनारलगायतका गतिविधि सञ्चालन हुनेछन् ।
“नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्न हामीले पहिलोपटक नेपाल जब फेयर २०२१ आयोजना गर्न लागेका हौं,” एस्पायर जब्स (ब्कउष्चभ व्यदक) का भाइस प्रेसिडेन्ट प्रमोश अधिकारीले भन्नुभयो, “जब फेयरमार्फत वेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुहुनेछ भने रोजगारदाता कम्पनीहरुले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्नुहुनेछ ।” अधिकारीका अनुसार जब फेयरले मानव संशाधनका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र रचनात्मक अभ्यासको सिर्जना गर्ने अपेक्षा लिइएको छ ।