श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनको कार्यमा सहकार्य वढ्दो
जेठ १३, २०८२, मङ्गलबार | विहान १०:०९ बजे
भक्तपुर । श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनको कार्यमा सहकार्य गर्दै विभिन्न संघ–संस्था तथा व्यक्तिहरू जुट्ने क्रममा सृजनशील बचत समूह, शुभ–कामना सा.को.स. सूर्यविनायक भक्तपुरद्वारा आयोजित ध्यान कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । “एक विश्व एक आध्यात्मिक परिवार बनौँ“ प्रत्येक व्यक्तिलाई स्वस्थ, खुसी, आनन्द, प्रेम र ज्ञानपूर्ण बनाउ भन्ने भावपूर्ण अभियान यो संस्थाको रहेको छ । प्रत्येक व्यक्तिमा यी पाँच भ्रमलाई चिर्ने यो संस्थाको मुख्य उद्देश्य रहेको छ ।
१ औषधिले मात्र स्वास्थ्य सुनिश्चित गर्दैन।
२ खानाले मात्र शक्ति वा ऊर्जा प्रदान गर्दैन।
३ धनले मात्र साँचो आनन्द ल्याउँदैन।
४ धर्मशास्त्र र पुस्तकहरूले मात्र बुद्धि (ज्ञान )दिँदैन।
५ व्यक्ति तथा सम्बन्धले मात्र साँचो प्रेम सिर्जना गर्दैन।
८२ सालभित्रमा १० हजार व्यक्तिलाई प्रत्यक्ष यो अभियानको बारेमा जानकारी एवं सचेतना फैलाउने यस संस्थाका अध्यक्ष चन्द्रहरी कायस्थको र संस्थाको लक्ष्य रहेको छ । त्यसका निमित्त देशभरका व्यक्ति तथा संघ–संस्थाहरू, सहकारी ,स्कुल कलेज र सम्पूर्ण सामाजिक अभियन्ता लगायत संस्थाहरूलाई उहाँले आह्वान पनि गर्नुभएको छ ।