जनता समाजवादी पार्टी नेपाल भक्तपुर जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन


जेठ १२, २०८२, सोमबार | दिउँसो ०३:१९ बजे | 110


जनता समाजवादी पार्टी नेपाल भक्तपुर जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

जनता समाजवादी पार्टी, नेपाल भक्तपुर जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन जेठ १० गते भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट १८ सदस्यीय जिल्ला समिति चयन गरिएको छ, जसमा ७ जना पदाधिकारी र ११ जना सदस्य रहेका छन्। अधिवेशनबाट अध्यक्षमा श्याम शिल्पकार निर्वाचित भएका छन्। उपाध्यक्षमा सुलोचना भाेमि र नारायण कृष्ण थापा चयन भएका छन् भने सचिवमा विश्वराम शिल्पकार चयन भएका छन्। उपसचिवमा ज्ञानीदेवी श्रेष्ठ र तुईनानि कालू चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी अच्युत खाँगीले पाएका छन्। सदस्यहरूमा हरि प्रसाद बाईजु, प्रतिज्ञा श्रेष्ठ, सुनिता श्रेष्ठ, शेर बहादुर तामाङ, सूर्य प्रसाद दुवाल, बालकृष्ण दुवाल, रबिन दुवाल, सम्झना होना, रजनी शाक्य, कल्पना सिलवाल र राजेश्वरी शिल्पकार रहेका छन्। कार्यक्रममा पार्टीका केन्द्रिय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने नयाँ नेतृत्वले भक्तपुर जिल्लामा पार्टीको सांगठनिक मजबूतीका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Comments