भक्तपुरमा राप्रपाद्धारा जेठ १५ को प्रचारप्रसार


जेठ १२, २०८२, सोमबार | दिउँसो ०१:३८ बजे | 55


भक्तपुरमा राप्रपाद्धारा जेठ १५ को प्रचारप्रसार

भक्तपुर । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार भक्तपुरमा घरदैलो गरेको छ । साँंझ पाँंच बजे दूधपाटीमा भेला भई घरदैलो गरेको हो । घरदैलो दूधपाटीबाट भार्वाचो, नासमना, गहिटी, टौमढी, गोल्मढी, इनाचो, दतात्रय, कमलविनायक हुँंदै भत्केपाटीमा पुगेर सभामा परिणत भएको थियो । संयुक्त जनआन्दोलन समिति, राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, विपि कांग्रेस, शिवसेना नेपाल र विभिन्न ४२ वटा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । राप्रपा भक्तपुरको अगुवाईमा कार्यक्रम भएको हो । 

Comments