“कर्तव्यपथ अभियान” अन्तर्गत “युथ बुट क्याम्प” सफलतापूर्वक सम्पन्न
जेठ १२, २०८२, सोमबार | विहान ०३:२९ बजे | 40
काठमाडौं, जेठ ११, २०८२ – Southwestern School of Management and Technology, University of Three Generations, र Eagle Think Tank को संयुक्त आयोजनामा “कर्तव्यपथ अभियान” अन्तर्गत “Youth Boot Camp” नामक साहसिक कार्यक्रम २०८२ जेठ ११ गते Ultimate Venue, टारेभीर गाउँ, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो।
यस कार्यक्रममा स्नातक तहमा अध्ययनरत ४० जना विद्यार्थीहरूले करिब २.५ किलोमिटर लामो जंगल हाइकिङ, १५ वटा शारीरिक चुनौतीपूर्ण अवरोधहरू पार, रोचक रक क्लाइम्बिङ, र राम्रोसंग रोमाञ्चक र्यापेलिङ गरेर साहसिक अनुभव बटुले।
विद्यार्थीहरूलाई जंगल क्षेत्रको बाटो चिन्ने, कठिन अवरोधहरू कसरी पार गर्ने, र पर्वतारोहणका लागि आवश्यक रक क्लाइम्बिङ र र्यापेलिङका सामान्य तरिका पनि सिकाइएको थियो।
त्यसैगरी, विद्यार्थीहरूलाई जंगलमा कसरी बाँच्ने र आफैं खाना पकाउने कला पनि अभ्यास गराइयो। सीमित कच्चा सामग्री, भाँडाकुँडा र थोरै पानी प्रयोग गरेर ४५ मिनेटभित्र खाना तयार गर्ने तालिम दिइएको थियो। विद्यार्थीहरूले थोरै समयभन्दा बढी लिएर स्वादिलो खाना तयार पारे र खुला ठाउँमा पकाउँदै रमाइलो गरे।
कार्यक्रमका आयोजकहरूले सेवानिवृत्त मेजर अदित्य कार्की, सेवानिवृत्त मेजर हेमन्त थापा, र Ultimate Venue का सम्पूर्ण टिम सदस्यहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै प्रशंसापत्र प्रदान गरी सम्मान गरेका छन्।
कार्यक्रमपछि सहभागी विद्यार्थीहरू निकै खुशी देखिएका थिए।
यो कार्यक्रम “कर्तव्यपथ अभियान (Empowering Students for Ethics and Nationality)” अन्तर्गतको एक महत्वपूर्ण गतिविधि हो, जसले विद्यार्थीहरूलाई नैतिकता, राष्ट्रिय चेतना र आत्मनिर्भरता विकासमा सहयोग पुर्याउने उद्देश्य राखेको छ।