ध्यानको महत्व र यसको सही अभ्यासबारे चर्चा


जेठ ११, २०८२, आइतबार | विहान ११:१८ बजे | 40


भक्तपुर । सृजनशील बचत समूहको आयोजनामा ध्यान सम्बन्धी चिन्तनमनन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ध्यान के हो, ध्यानका भ्रमहरू, ध्यान गर्ने विधि र सहज ध्यानका उपायहरूबारे जानकारी दिइयो । 
कार्यक्रमको प्रमुख स्रोत व्यक्ति चन्द्रहरि कायस्थ (श्रीहरि), श्रीहरी सेल्फ रियलाइजेसन फाउन्डेसनका अध्यक्षले ध्यानको महत्व र यसको सही अभ्यासबारे चर्चा गरे । उनले उपस्थितहरूलाई गहिरो मनन गर्न प्रेरित गरे । उनले ध्यान जीवनमा स्वास्थ्य, शान्ति, आनन्द, प्रेम र ज्ञानका लागि अत्यावश्यक बताए ।
ध्यान कार्यक्रम आयोजना गरिनुका फाइदाबारे सृजनशील बचत समूह संयोजक बुद्धलक्ष्मी किसीले जानकारी दिइन् । साकोसका प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल, अतिथिहरू मेनुका प्रधान र रोमन श्रेष्ठले कार्यक्रममा सकारात्मक अनुभव व्यक्त गरे । विभिन्न संघस्थाहरूले यस्ता कार्यक्रमहरूलाइ निरन्तरता दिनुपर्ने तर्क गरियो । 
कार्यक्रममा २२ जनाको सहभागिता रहेको थियो । सहभागीहरूले आनन्दको अनुभूति गरेको बताएका थिए । श्रीहरि फाउन्डेसनले विश्वभर स्वास्थ्य, प्रेम र ज्ञान फैलाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य विजया गणेश र सुमित्रा मानन्रधरले समूहमाथि भरोसा व्यक्त गर्दै कार्यक्रममा सहभागीहरूको मनोबल र स्वास्थ्यप्रति केन्द्रित कुराहरू उल्लेख गरे । कार्यक्रममा सचिव सुचिता सैजूले पनि बोलेका थिए ।

 

Comments