देखेको भन्दा दुखेकोले बोल्नुपर्छ
जेठ ९, २०८२, शुक्रबार | दिउँसो ०१:५३ बजे | 45
काठमाडौं । रेडियो नेपालको कार्यक्रम तथा समाचारलाई अझ कसरी प्रभावकारी रुपमा अगाडि लान सकिन्छ भन्ने विषयमा सुझाब संकलन गर्ने उद्देश्यका साथ शुक्रबार राजधानीमा रुपान्तरण नामक कार्यक्रम भएको छ । सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल कार्यक्रम तथा समाचार विविधता, विशिष्टता, पहुँंच, प्रभाब र प्रवद्र्धनमा रुपान्तरण बहस भएको हो ।
कार्यक्रममा रेडियो प्रसारक संघका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रेडियो र टिभीको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि लाने उद्देश्यका साथ कार्यक्रम गरेको बताए । कार्यक्रममा सञ्चालक समितिकी सदस्य अनिता गुरुगले देखेको भन्दा दुखेको बोल्नुपर्छ भन्दै सही आवाजको महत्वबारे चर्चा गरिन् । ृृृ
नेपालमा हाल १२४ भाषा राष्ट भाषा छन् । तीमध्ये रेडियोले हालसम्म २५ भाषाका कार्यक्रम तथा समाचार प्रशारण भइरहेको जानकारी गराइयो । कार्यक्रममा सहभागी विज्ञहरुले आआफनो सुझाब दिएका थिए ।