वडा अध्यक्षलाई ५ रुपैयाँं पनि खर्च गर्ने अधिकार नभएको भन्दै गुनासो


जेठ ९, २०८२, शुक्रबार | दिउँसो ०१:२९ बजे | 30


वडा अध्यक्षलाई ५ रुपैयाँं पनि खर्च गर्ने अधिकार नभएको भन्दै गुनासो

भक्तपुर । राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी)ले गाउँ–गाउँमा सिंहदरबार भन्ने नाराको व्यवहारिक सार्थकताबारे शुक्रबार भक्तपुरमा अन्तरक्रिया गरेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ३, कौशलटारको सहकार्यमा ‘गाउँ–गाउँमा सिंहदरबार–कति कानुनी, कति व्यवहारिक ? विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव चिरञ्जिवी तिम्सिनाले ‘देशभरका धेरै स्थानीय तहले राम्रो काम गरेका तर त्यसको प्रचार कम भएको’ अनुभव सुनाए । मध्यपुर थिमि नपा. ३ नं वडा अध्यक्ष कृष्णहरि आचार्यले ‘जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने आफूहरुले ५ रुपैयाँ खर्च गर्ने अधिकार छैन भन्दै स्थानीय सरकारलाई अधिकार नदिई सेवा प्रवाह सर्वसुलभ हुन नसक्ने निश्कर्ष सुनाए । 

Comments