पुनरुत्थान राहत कार्यान्वयन गर्न गोल्छाको आग्रह
पुष २६, २०७७, आइतबार | दिउँसो ०१:४० बजे | 60
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारणसभा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा पानसमा दिप पज्वलगरि उद्घाटन गरियो ।
उद्घाटन क्रममा प्रमखु अतिथि गोल्छाले साना तथा मझौला उद्यम व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीतिमार्फत आएका राहत कार्यक्रम विना अवरोध लागू गर्न ध्यानाकर्षण गराएको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारण सभामा उनले कोभिडका कारण साना तथा मझौला उद्योग व्यवसाय सवैभन्दा बढी प्रभावित भएको भन्दै पुनरुत्थानका कार्यक्रम लागू गर्न पुनः आग्रह गरेका हुन् ।
[[img2]]
साना तथा मझौला उद्यमीलाई मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज बाहेक पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवद्र्धन लगायतको प्याकेज ल्याउन र बजेटको मध्यावधि समीक्षामा विशेष राहत प्याकेज राखिदिन अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।जिल्लामा उद्यमी व्यवसायीहरुले व्यवसाय दर्ता तथा नवीकरण, ढक तराजुको नवीकरण, अनुगमन, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण तीर्न ताकेतालगायतमा निकै धेरै समस्या भोग्नु परेको भन्दै उनले महासंघले उद्यमी व्यवसायीहरुले भोग्नु परेका समग्र समस्याहरुलाई वास्तविक रुपमा पहिचान गरी तीनको समाधानका लागि सरकारलाई सुझाव दिने बताए ।
कोभिडले अर्थतन्त्र खलबल्याएको भन्दै उनले कोभिडको कारण गत आर्थिक वर्षमात्रै १ खर्व ९८ अर्व क्षति भएको तथ्यांक आएको बताए । कोभिडको अवस्थामा उद्योगधन्दालाई पूर्वावस्थामा ल्याउन निकै मेहनत गर्नुपर्ने भन्दै उनले महासंघले प्रतिवर्ष ४ लाख रोजगारी सृजना गर्ने, दोहोरो आर्थिक वृद्धि र आयात प्रतिस्थापन निर्यात वृद्धिको लक्ष्य राखेर भिजन पेपरको तयारी गरिरहेको बताए । भक्तपुर निकै धेरै सम्भाव्यता बोकेको जिल्ला भएको भन्दै कृषि, पर्यटन, कला संस्कृति यसका समृद्धिका आधार रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगततर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले कुनै पनि उद्योग सम्बन्धी नीति नियम बनाउदा निजी क्षेत्रका उद्योगीहरुलाई पनि समावेस गरि छलफल गरिएको खण्डमा सरकारले बनाउको नीति नियम पारित हुन्छ र सहज रुपले उद्यमीहरुले पालना गरिन्छ । यदी उद्यमीहरुलाई समावेश नगरी बनाउने नीति नियमहरु लागु गरे पनि पालना गर्न गाह्रो हुन्छ ।
उक्त समारोहमा भक्तपुर जिल्लाका उच्चपदस्थ सरकारी ओहोदाका व्यक्तिहरुलाई सम्ममान गरिएकको थियो । सम्मान गरिएका व्यक्तिहरु जस्तै संसद सचिवालयका सचिव सुदर्सन खड्का, अर्थ सचिव शिशिर कुमार ढुङ्गाना, गृह सचिव महेश्वर न्यौपाने, सचिव मणिराम गेलाल, अर्थ सहसचिव रामेश्वर दंगाल, प्रहरी महा निरिक्षक शैलेश थापाक्षेत्री, प्रहरी नायव महानिरिक्षक प्रद्यम्न कार्की,प्रहरी नायव उपरिक्षक गोविन्द कार्की प्रहरी महानिरक्षक सहकुल थापा, प्रहरी उपरिक्षक दिपक थापा, शसस्त्र प्रहरी उपरिक्षक पंकज पौडेल, ट्रफिक प्रहरी प्रमुख सिताराम हांछेथु, आर एन १६ का अरुण सैजूलाई सम्मान गरिएको थियो ।
सो समारोहमा बस्तुगत संघ तर्फबाट भक्तुपुर ईटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाई ह्योम्बाले उद्यमीहरुलाई उद्योग सञ्चालन गर्न राज्यले छुटै ठाउँको व्यवस्था गर्नु पर्ने माग गरे ।
३३ औं वार्षिक साधारण सभा भक्तपुर उद्योग वणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठको सभापतित्वमा भएको थियो भने धन्यवाद ज्ञानप वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले गरेको थियो ।