आधारहीृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृन समाचार छापेर नगरमा गलत सूचना प्रवाह नगर्न आग्रह


जेठ ८, २०८२, बिहीबार | विहान १०:३९ बजे | 50


आधारहीृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृन समाचार छापेर नगरमा गलत सूचना प्रवाह नगर्न आग्रह

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजनामा मोबाइल जर्नालिज्म (मोजो) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाको सहकार्यमा बिहीबार यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उक्त नगरपालिकाका प्रमुख वासुदेव थापाले सूनपा नयाँ नगरपालिका भए पनि तमाम् चुनौतीसँग जुधेर जनहितका कामकारवाही जारी राखेको बताए । उनले सूनपा विकास निर्माणको काममा अगाडि बढ्नुमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।
प्रमुख थापाले सूनपाले नगरवासीले तिरेका कर र जनप्रतिनिधिले निष्पक्ष तरीकाले निर्माण गरेका ऐन, नियममुताविक स्वच्छतापूवर्क काम गरिरहेको बताउँदै उनले नकारात्मक पत्रकारितालाई निरुत्साहित गनेतर्फ पत्रकारहरुको ध्यानाकृष्ट गराए ।
उनले काठमाडौं उपत्यकामा सार्वजनिक जग्गा निजीकरण गर्ने प्रयास कसैले नगरे हुन्छ भन्नेतर्फ सजग गराउँदै आधारहीन समाचार छापेर नगरमा गलत सूचना प्रवाह नगर्न आग्रह गरे । उनले ऐन, नियमअनुसार काम गरेमा देशको विकास सुनिश्चित हुने विचार व्यक्त गरे । प्रमुख थापाले पत्रकारहरुको क्षमता अभिवृद्धि होस् भन्ने अभिप्रायले मोबाइल जर्नालिज्मसम्बन्धी सहयोग उपलब्ध गराएको उल्लेख गरे ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमल्सिना भट्टराईले राज्यको चौथो अंगको रुपमा रहेका पत्रकार जगतले सूर्यविनायक नगरपालिकाको गतिविधिलाई विशेष रुपमा प्रचारपूसार गरेर जनतालाई जानकारी गराइदिएकोमा धन्यवाद ज्ञापन गरिन् । उनले अबको पत्रकारिता क्षेत्र समयसापेक्ष प्रविधिअनुकूल जाँदा क्षमता अभिवृद्धि हुने बताइन् । उनले बदलिँदो प्रविधिअनुसार डिजिटल एडिक्सनप्रति सावधान रहनुपर्ने सललाह दिइन् ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पत्रकारहरुले आफ्नो व्यावसायिकताको विकास गर्न आजको अभिमुखीकरण कार्यक्रमले सघाउ पु¥याउने विश्वास व्यक्त गरे । उनले डिजिटल पत्रकारिताको दुपयोगतर्फ ध्यान दिनुपर्ने औंल्याए ।
 

Comments