यसो भन्छ देको मिवाबारे भक्तपुर नगरपालिका
2025-05-21 13:50:49
भक्तपुर । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको ३ वर्षको अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले लामो प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा विवादित देको मिवा इतापोक आवास योजनाबारे पनि उल्लेख छ ।
देको मिवा इतापाके आवास योजना ः
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना १६५४ रोपनी जग्गामा सञ्चालन भइरहेको छ । कूल कित्ता संख्या २५०२ मध्ये हालसम्म १०४३ वटा पूर्जा वितरण भइसकेको छ । आयोजनामा पूर्वाधार निर्माणका कामहरू पनि भइरहेका छन् । खोलाको बाटोलगायत मुख्य मुख्य बाटो पिच गर्ने कार्य सम्पन्न हुने क्रममा छ । जग्गाधनीको केही गुनासाहरुबारे समन्वय गरी समाधानका प्रयासहरु भइरहेका छन् । गुठी जग्गा र खोलाको मापदण्डको समस्या समाधानको लागि प्रयासरत छौं ।
प्रतिक्रिया