चाँंगुमा बन डढेलो नियन्त्रण सम्बन्धि प्रशिक्षण
खरिपाटी, भक्तपुर
चाँगुनारायण नगरपालिकामा वन डढेलो व्यवस्थापन सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजना सामुदायिक वन उपभोक्ता महासंघ नेपाल भक्तपुर तथा स्थानीय वन उपभोक्ता महासंघ चाँगुनारायण नगर समितिको सहकार्य तथा वन डिभिजन कार्यालय खरीपाटिको प्राविधिक सहयोगमा प्रशिक्षण सञ्चालन गरिएको थियो ।
प्रशिक्षणमा चाँगुनारायण नगरपालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले गर्नुभएको थियो । उद्घाटन गर्नुहुदै नगर प्रमुख खत्रीले वन हामीहरुको मुख्य प्राकृतिक सम्पत्ति भएकाले यसो संरक्षणमा लागिपर्ने व्यक्तिहरुसंग प्रत्यक्ष जोडिएर कार्यक्रम गर्न पाउदा आफुलाई खुशी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा वन संरक्षण तथा व्यवस्थापनका लागी आवश्यक कार्यक्रम प्रस्ताव गर्न सामुदायिक वनका प्रतिनिधिहरु संग अनुरोध समेत गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले समयमानै पुर्वतयारीमा काम गर्न सकेमा डढेलोबाट हुने ठुलो क्षतिलाई टार्न सकिने भन्दै त्यसका लागी समुदायिक वन उपभोक्ता समितिहरु मुख्य जिम्मेवार र अग्रसर हुनुपर्नेमा समेत जोड दिनु भएको थियो । नगरपालिकाले बन उपभोक्ता समितिहरुलाई सक्दो सहयोग गर्दै आएको पनि बताउनुभयो ।
चाँगुनारायण नगर भित्र रहेका सामुदायिक वनका ४५ जना को सहभागितामा रहेको प्रशिक्षणमा विपद् व्यवस्थापन, जलवायु परीवर्तन, विपद् व्यवस्थापन चक्र, वन डढेलो व्यवस्थापन, वन डढेलो नियन्त्रण गर्दा ध्यान दिनु पर्ने कुराहरु , वन डढेलोको नियन्त्रण गर्दा अपनाउनु पर्ने साबधानि तथा वन डढेलो नियन्त्रण सम्बन्धि प्रयोगात्मक अभ्यास समेत गरीएको थियो । प्रयोगात्मक अभ्यास चाँगुनारायण नगरपालिका वडा नं ४ स्थित सामुदायिक बनमा गरिएको थियो ।
प्रशिक्षणमा वन विज्ञ सुभास देवकोटा, नगरपालिकाका विपद् विज्ञ दिनेश थापा, डिभिजन बन कार्यालय खरीपाटीकी प्रमुख प्रेमा थापा, विपद् व्यवस्थापनमा प्रशिक्षक राजकुमार लम्सालले सहजिकरण गर्नु भएको थियो ।