मध्यपुिर थिमिबाट नौ जना चोरहरु पक्राउ (नामावलीसहित) 


2025-05-21 09:07:19

News Image

भक्तपुर । जेठ २ गते भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बाट बा. ५७ प. ९९५७ नं. को स्कुटर र ४ गते भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ बोडेबाट बा. ७७ प. ३३५९ नं. को रातो रङको स्कुटर चोरी भएको खवर आएकोमा उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली खटिई अनुसन्धान गर्दै जाने क्रममा चोरीमा संलग्न व्यक्तिहलाई पक्राउ गरेको छ । स्कुटर सहित मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बाट पक्राउ गरी चोरी कसुरमा म्याद थप भइ अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मिति २०८२।०२।०५ गते अ.२२ः०० बजे पक्राउ मानिसहरु
१. जिल्ला ओखलढुङ्गा घर भई हाल काठमाण्डौ जिल्ला गोकर्णेश्‍वर नगरपालिका वडा नं. ५ बस्ने वर्ष १९ को  अबिन श्रेष्ठ ।
२. मकवानपुर घर भई काठमाडौँ जिल्ला गोकर्णेश्‍वर नगरपालिका वडा नं. ९ बस्ने वर्ष १९ को पेम्बा मोक्तान ।
३. सिन्धुपाल्चोक घर भई  काठमाडौँ जिल्ला गोकर्णेश्‍वर नगरपालिका वडा नं. ८ बस्ने वर्ष १९ को आयुष गोले ।
४. जिल्ला जिल्ला सुनसरी घर भई काठमाडौँ  जिल्ला नारायणटार बस्ने वर्ष १८ को रितेश राई ।
५. जिल्ला कास्की पोखरा महा–नगरपालिका वडा नं. १ वर्ष १८ को सुजन  गुरुङ ।
६. जिल्ला रौतहट घर भई हाल काठमाडौँ जिल्ला नारायणटार बस्ने वर्ष १८ को अनिल तामाङ ।
मिति २०८२।०२।०६ अ. ०९ः३० बजे गते पक्राउ मानिसहरु
७. जिल्ला मकवानपुर मनहरी–२ वतन हुने वर्ष १८ को विक्रम तामाङ ।
८. जिल्ला मकवानपुर वतन बताउने वर्ष १८ को अनमोल तामाङ ।
९. जिल्ला नुवाकोट त्रिशुली देउरालीडाडा वर्ष १८ को कृष्ण तामाङ ।    
बरामद सामानहरु
 १. बा. ५७ प. ९९५७ नं. को स्कुटर 
२. बा. ७७ प. ३३५९ नं. को रातो रङको स्कुटर 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *