ब्रम्हायणी मन्दिर परिसर सरसफाई
2025-05-19 16:14:43
रामचन्द्र प्रजापति
भक्तपुर नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर नगर कमिटीको आयोजनामा ३२ औं मदन आश्रीत स्मृती अवसरमा भक्तपुर नगरपालिका वडा नं ९ स्थित ब्रम्हfयणी मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा भक्तपुर क्षेत्र नं १ का इन्चार्ज सोम प्रसाद मिश्रले कम्युनिष्ट पार्टी एक जना लेखकले कम्युनिष्ट आन्दोलन चिहानमा गएको र आन्दोलन समाप्त भएको छ ।भनु भएको कम्युनिष्ट आन्दोलनलाई लामो संघर्षले मदन भण्डारीले लिएको जनताको वहुदलिय जनवाद कार्यक्रम मदन भण्डारीले ल्याउनु भएको थियोे । मदन भण्डारीको विचारलाई जनता समक्ष स्पष्ट राख्नु पर्ने र पार्टीको निति सिद्धान्तनिष्ठ भएर जनताको सेवा गर्नु पर्नेछ। रचनात्मक रुपमा भुमिका पुर्याउन सरसफाइ कार्यक्रम महत्वपूर्ण रहेको छ। इन्चार्ज सोम प्रसाद मिश्रले मदन भण्डारीको योगदानबारे चर्चा परिचर्चा अध्ययन गर्नु पर्ने र सरसफाइ कार्यक्रममा भक्तपुर नगरको उपस्थितिले पार्टी अघि बढ्न विशेष कार्यक्रम गर्दै जानू पर्ने बताउनु भयो।भक्तपुर नगर कमिटीका अध्यक्ष मदन द्योलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी बागमती प्रदेश कमिटी सदस्य एवं भक्तपुर नगर इन्चार्ज मिलन सुवाल, पार्टी जिल्ला कमिटी सचिव विष्णु तामाङ भक्तपुर निर्वाचन क्षेत्र १ का पार्टी संयोजक शिवराम तिमिल्सिना, पार्टी भक्तपुर नगर कमिटी उप सचिव अनन्त वैद्य भक्तपुर नगर कमिटीका वडा अध्यक्ष लगाएत उपस्थिति रहेको पार्टी उपाध्यक्ष राम चन्द्र प्रजापतिले जानकारी गर्नु भयो।
प्रतिक्रिया