सूर्यविनायक नगरपालिकाको नयाँं कार्यकारी अधिकृतमा युवराज आचार्य


जेठ ५, २०८२, सोमबार | दिउँसो ०१:०७ बजे | 95


सूर्यविनायक नगरपालिकाको नयाँं कार्यकारी अधिकृतमा युवराज आचार्य

भक्तपुर, जेठ ५
भक्तपुरको सूर्यविनायक नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा युवराज आचार्य आउनुभएको छ । उहाँंले आज सोमबारबाट औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ ।
नगरपालिकाका मेयर बासुदेव थापा, उपमेयर सरिता भट्टराई तिम्सिनासहित नगरका अन्य कर्मचारीहरूले उहाँलाई स्वागत गरेका थिए । कार्यक्रममा आचार्यको कार्यकाल सफल र प्रभावकारी हुने विश्वास व्यक्त गरियो । कार्यक्रममा नयाँ कार्यकारी अधिकृत आचार्यले कार्यक्षमता र पारदर्शिता कायम राख्दै नगरपालिका प्रशासनलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ ।

Comments