धानको ब्याड राख्ने सम्वन्धी अभिमुखिकरण सकियो 


जेठ ३, २०८२, शनिबार | विहान १०:४८ बजे | 65


धानको ब्याड राख्ने सम्वन्धी अभिमुखिकरण सकियो 

भक्तपुर ब्यासी
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को कृषि उपसमितिको आयोजनामा ब्यासी टोलमा धानको ब्याड राख्ने सम्वन्धमा अभिमुखिकरण कार्यक्रम  सम्पन्न भयो । कार्यक्रममा ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले ख्वप साकोसको स्थापना ,आज भन्दा १७ बर्ष अघि भएको जानकारी दिंदै  संस्था समुदाय आधारित भएकोले विभिन्न  प्रकारका गतिविधी  समुदायका लागि  गर्दै आईरहको छ । धानमा  ब्याड   राख्ने सम्वन्धी अभिमुखिकरण कार्यक्रमले कृषकहरु लाभांवित हुने आशा प्रकट गर्नुभयो । कार्यक्रममा ख्वप साकोस कृषि उपसमिति संयोजक कृष्ण प्रसाद आचार्यले संस्थाले नियमित रुपमा रासायनिक मल र नगरपालिकाबाट उत्पादित कम्पोष्ट मल वितरण गरिरहेका  जानकारी गराउनु भयो । कार्यक्रममा प्रशिक्षक ग्रेसा सुवालले विउको महत्व र धानको ब्याड राख्ने सम्वन्धमा जानकारी दिंदै टाइचिङ्ग धानको बीउबाट पोटा  छुत्याउने वैज्ञानिक प्रविधि प्रस्तुत गरी कृषकहरुलाई  जानकारी गराउनु भयो  । कार्यक्रममा ४० जना कृषकहरुको सहभागिता रहेको थियो ।
 

Comments