राष्टिय अधिवेशनमा जुट्यो स्वतन्त्र पत्रकार संघ नेपाल
जेठ २, २०८२, शुक्रबार | दिउँसो ०२:१२ बजे | 10
भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रिय समिति केन्द्रिय अधिवेशनको तयारीमा जुट्न थालेको छ । यसै सिलसिलामा पोखराबाट केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला शुक्रबार भक्तपुर आइपुग्नुभएको छ । उहाँंले जिल्ला कार्यसमितिका पदाधिकारीहरुसँंग भेटघाट गरी केन्द्रिय अधिवेशनका लागि तयारी सुरु गरिएको जनाए । यही क्रममा जिल्लाजिल्लामा जिल्ला अधिवेशनका लागि आफू देश दौदाहमा हिडेको उनले सुनाए । शुक्रबार नै उहाँं भक्तपुरबाट पूर्वका जिल्लाहरु लाग्नुभएको छ । उहाँं बनेपा बदिवास हुँंदै तराईका जिल्लाहरुमा जाने योजना रहेको बताउनुभयो ।
स्वतन्त्र पत्रकार संघको केन्द्रिय कार्यालय पोखरामा रहेको छ । २०६८ सालमा स्थापित यस संघको अहिले चौथौ अधिवेशनको तयारीमा जुटेको छ । संघको एक कार्यकाल तीन वर्षको रहेको छ । केन्द्रिय अधिवेशनको मिति भने तय हुन बाँंकी नै छ । साथै अधिवेशन गर्ने उचित स्थान (जिल्ला) बारे पनि छलफल भइरहेको जनाइएको छ ।