भक्तपुरको सिरुटारबाट ‘खुशी’ अभियानको थालनी 


जेठ २, २०८२, शुक्रबार | दिउँसो १२:४९ बजे | 75


भक्तपुरको सिरुटारबाट ‘खुशी’ अभियानको थालनी 

भक्तपुर । भक्तपुरको सिरुटारबाट मानिसलाई खुशी बनाउने अभियानको थालनी गरिएको छ । जिल्लाको  सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारबाट एउटा संस्थाले यो अभियानको थालनी गरेको हो । 
प्रत्येक व्यक्तिलाई स्वास्थ्य, खुशी, आनन्द, ज्ञान, प्रेम एव शान्तिपूर्ण जीवन कसरी जिउने जस्ता जीवन उपयोगी शिक्षामा निरन्तर अभियानको रुपमा लागिरहेको छौं, श्रीहरि सेल्फ रियअलाइजेशन फाउण्डेशन सूर्यविनायक १ सिरुटारका संस्थापक अध्यक्ष चन्द्रहरि कायस्थले यहाँं पत्रकार सम्मेलन गरी भने, यसका लागि हामीले आरोग्य साधनामार्फत् विश्वभर स्वास्थ्य, आनन्द, शक्ति, ज्ञान र प्रेमको सन्देश फैलाउँंदैछौं । 
विगत २५ वर्षदेखि आफू यस अभियानमा जुटेको र अहिले यसलाई थप व्यवस्थित पार्न २०८१ वैशाख ३१ कम्पनी रजिष्टारको कार्यालय काठमाडौंमा विधिवत दर्ता गरी भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारमा कार्यालय स्थापना गरिएको उनले जनाए । संस्था विसुद्ध अध्यात्मिक, गैरनाफामूलक संस्था रहेको जनाइएको छ । 
उनका अनुसार खुशी हुनका लागि व्यक्ति पाँंच भ्रमबाट मुक्त हुनुपर्छ । उनको भनाईमा औषधिले रोगको लक्षण कम गर्छ, तर मूल कारण हटाउँदैन । भोजन शरीर निर्माणको तत्व हो, तर शक्तिको श्रोत होइन । यही प्रमाणित गर्न आफूले नौ दिन नौ रातसम्म पानीबाहेक केही पनि नखाई दैनिक १० देखि १४ किलोमिटर यात्रा गरेको पनि उनले सम्झे । यस्तो काम हालसम्म दुई पटक गरेको उनले जनाए । आगामी दिनमा केही नखाई काठमाडौंको पशुपतिबाट मुक्तिनाथसम्म पैदल जान लागेको योजना उनले सुनाए । 
धनले भौतिक सुख, सुविधा किन्न सकिन्छ तर सुख प्राप्त गर्न सकिदैन, उनले भने, 
पुस्तक वा शास्त्रहरूले सूचना दिन्छन्, तर वास्तविक ज्ञानको अनुभूति हुँदैन । उनले थपे, व्यक्तिहरुले कर्तव्य पूरा गर्छन्, तर वास्तविक प्रेमको प्राप्त हुदैन ।
श्रीहरि आरोग्य साधनाले यी सतही धारणाहरूलाई पार गर्दै व्यक्तिलाई भगवान वा स्वयमप्रति परमात्मा, विश्वशक्ति वा कुनै उच्च शक्तिलाई स्वास्थ्य, शक्ति, आनन्द, ज्ञान र प्रेमको अखण्ड बोतको रूपमा स्वीकार गर्न पेरित गरेको जनाइएको छ ।
श्रीहरि आरोग्य साधनामार्फत विश्वभर स्वास्थ्य, शक्ति, आनन्द ज्ञान र प्रेमको सन्देश फैलाउदै एक विश्व, एक आध्यात्मिक परिवार भन्ने मूल भाव बोकेर स्थापित श्री फाउन्डेशनले विभिन्न देशका ३ लाख भन्दा बढी व्यक्तिहरूलाई आत्म साक्षात्कार र समय कल्याणको मार्गमा डोच्याइसकेको जनाइएको छ । नेपाल, भारत, चीन, थाइल्याण्ड, जापान र युरोपलगायतका ३० भन्दा बढी देशहरुमा पुगेर यो साधनालाई आफ्नो जीवनको अभिन्न अंग बनाउन प्रेरित गरिसकेको जनाइयो । वार्षिकोत्सवको अबसरमा फाउन्डेशनले २०८२ मा १० हजार भन्दा बढी व्यक्तिहरुलाई योग ध्यान सत्र, स्वास्थ्य जांच शिविर र सामुदायिक सेवा कार्यक्रम मार्फत प्रत्येक्ष र विश्वभरका व्यक्तिहरूलाई जोड्न अनलाइन योग–ध्यान सत्र र बेबिनारहरू मार्फत १ लाख भन्दा बढी व्यक्तिहरुलाई अप्रत्येक्ष सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
कार्यक्रममा बताइए अनुसार श्रीहरि आरोग्य साधना एक गहन आध्यात्भिक र स्वास्थ्यवर्धक अभ्यास हो, जसले तप (आत्मस्वयम), सेवा (निस्वार्थ कर्म), सुमिरन (भगवान वा स्वयमको स्मरण) र समर्पण (पूर्ण आत्मसर्मपणको माध्यम) वाट शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलन कायम गर्दछ । यो साधनाने रोग, चकान, चिन्ता, अपमानको दर र वियोगजाट मुक्ति दिलाउनुका साथै अखण्ड स्वास्थ्य, शक्ति, आनन्द, ज्ञान र प्रेमको प्राप्तिलाई प्रोत्साहन गर्छ । 
फाउन्डेशनका संस्थापक अध्यक्ष चन्द्रहरि कायस्थले आफनो नाम श्रीहरि कायस्थ भए पनि अध्यात्मिक नाम श्रीहरि राखेका छन् । श्रीहरि भन्छन्, श्रीहरि आरोग्य साधना केवल अभ्यास होइन, यो एक जीवनशैली हो, जसले व्यक्तिलाई आफनो सोच र स्वरुप र भगवान वा स्वयमसँग जोड्छ । उनी योग, ध्यान, जीवन दर्शनका प्रशिक्षक तथा वैकल्पिक चिकित्साका अध्ययनकर्ता हुन् । 
 

Comments