भक्तपुर बचतको २३ औं साधारण सभा सम्पन्न
पुष २५, २०७७, शनिबार | दिउँसो ०२:१३ बजे | 30
भक्तपुर । ‘सहकारिता, लगनशीलता र पारदर्शीता हाम्रो प्रतिवद्धता’ नाराका साथ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं वार्षिक साधारणसभा संस्थाकै प्राङ्गणमा सम्पन्न भएको छ ।
आ.व. २०७६÷०७७ को जम्मा वासलात २ अर्ब ४२ करोड ७७ लाख ७० हजार बनाउन सफल उक्त संस्थाले १ रोपनी १२ आना ३ पैसा साढे २ दामको जग्गा र दुईवटा सांस्कृतिक स्वरुपसहितको भवन निर्माण सम्पत्तिकरण गरिसकेको छ ।
उहाँले नेपाली जग्गामा विदेशीहरुको सहयोगमा निजी आवास प्लानिङ्ग गर्दै जाँदा समस्या आएको उल्लेख गर्नुहुँदै नगरपालिकाबाट गरेको आवास योजनामा जनतालाई बढी लाभान्वित भएको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुण्ड उपाध्यायले आर्थिक र भौतिक रुपमा संस्था सबल र सुदृध भइसकेपछि अबको उद्देश्य गुणस्तरीय सदस्य सेवा रहेको बताउनुभयो । सरकारले ल्याएको एक व्यक्ति एक संस्थाको संघले विरोध गरिरहेको बताउँदै उहाँले सदस्यहरुको आर्थिक सांस्कृतिक रुपान्तरण गर्न संस्थाले योगदान गर्दै आएको बताउनुभयो ।
संस्थाका सल्लाहकार कृष्णप्रसाद धन्छाले बचत संस्था सानो ठूलो जस्तोसुकै भएपनि त्यसको कारोबारले ठूलो सामथ्र्य राख्ने बताउनुभयो । उहाँले सामुदायिक संस्थाको छुट्टै महत्व हुने बताउनुभयो । उहाँले हरेक १० वर्षमा पूँजीवादी शासन व्यवस्थामा संकट आउने भएकाले समाजवादी अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्थानीय उत्पादनलाई देश विदेशसम्म पु¥याउनका लागि यस संस्थाले युवालक्षित विभिन्न रोजगारमूलक तालिम प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाबाट प्रदान गर्ने शैक्षिक ऋणको जानकारीका साथै भक्तपुर अब मेडिकल हब हुने बताउनुभयो ।
संस्थाका सञ्चालक सदस्य जगनाथ प्रजापतिले आफ्नो प्रबन्धकीय जिम्मेवारीको समयमा भएका क्रियाकलापहरु र प्रगति विवरण पेश गरेको उक्त कार्यक्रममा सञ्चालक सदस्य विष्णुकुमार प्रजापतिले धन्यवाद ज्ञापन गरेको थियो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत गरेको थियो ।
उक्त कार्यक्रमको बन्दसत्रबाट संस्थाका सचिव लक्ष्मी प्रसाद कुसीद्वारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष राम प्रसाद प्रजापतिद्वारा प्रस्तुत आ.व.०७६÷७७ को वित्तीय विवरण र ०७७÷७८ को अनुमानित वार्षिक बजेट, लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्णसुन्दर प्रजापतिद्वारा प्रस्तुत लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनका साथै शेयरसदस्यद्वारा पेश गरिएका विभिन्न प्रस्तावसहित १० वटा कार्यविधि उक्त साधारणसभाबाट पारित गरेका थिए । कार्यक्रममा १२२ जना असल ऋणीहरुको घोषणा गरेको उक्त कार्यक्रममा पूर्व प्रबन्धक जगनाथ प्रजापतिलाई प्रमुख अतिथिबाट कदर पत्र वितरण र अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।