मध्यपुर थिमिको सिद्धिकालीबाट दुईजना मानिस पक्राउ 


जेठ १, २०८२, बिहीबार | विहान ०६:३६ बजे | 30


मध्यपुर थिमिको सिद्धिकालीबाट दुईजना मानिस पक्राउ 

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ सिद्धिकाली चोकमा लागूऔषध बिक्री वितरण गर्ने गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ५ घर भई सोही स्थान बस्ने वर्ष २३ को दिनेश लामाले लागूऔषध बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली खटिई गई निजको डेराकोठा खनतलासी गर्दा लागूऔषध र मानिसहरु लगायतका दसी बरामद भई पक्राउ गरी लागूऔषध कसुरमा अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ मानिसहरु
१.    जिल्ला सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपलिका वडा नं. ६ सिद्धिकाली बस्ने वर्ष २३ दिनेश लामा ।
२.    जिल्ला सर्लाही लालबन्दी नगरपलिका वडा नं. १ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपलिका वडा नं. ६ सिद्धिकाली बस्ने वर्ष १८ को सागर लामा । 
उनीहरुबाट सात हजार नगदसहित विभिन्न समानहरु पनि बरामद गरेको जनाइएको छ । 

Comments